विश्वका ३५ मुलुकमा देखिएको कोरोनाको नयाँ प्रजाति ओमिक्रोन भाइरस छिमेकी मुलुक भारतमा देखिएपछि नेपालमा सतर्कता अपनाउन थालिएको छ ।
सरकारले ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरे पनि भारततर्फ सहजै आउजाउ हुँदा नयाँ भाइरस नेपाल प्रवेश गर्न सक्नेप्रति स्वास्थ्यविज्ञ चिन्तित छन् ।
भारतमा ओमिक्रोन भाइरस देखिएकाले नेपालमा देखापर्ने निश्चित भएको दाबी गर्दै वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले भने, “ओमिक्रोन प्रवेश हुन नदिन उपाय अवलम्बन गर्नुपर्छ ।...