आउँदो तीन वर्षभित्र बैजनाथपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बन्नेछ: मुख्यमन्त्री कार्की

मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो तीन वर्षभित्र विराटनगरको बैजनाथपुर खेल मैदानमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने उद्घोष गरेका छन्। बुधबार राति नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान कार्यक्रममा मुख्यमन्त्री कार्कीले आर्थिक वर्ष २०८०।८१ देखि तीन वर्षभित्रमा बैजनाथपुर खेल मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने बताएका हुन्। मुख्ममन्त्री कार्कीले निजी क्षेत्रको साथ सहयोगसँगै प्रदेश सरकार, […]