प्रचण्डसँग रहन नसक्ने नारायणकाजीको निष्कर्षसँगै माओवादी फुटको संघारमा

काठमाडौं, १९ फागुन । नेकपा माओवादी केन्द्र विभाजित हुने निश्चितप्रायः भएको छ । माओवादीभित्रको पूर्व एकता केन्द्रका नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर जान नसकिने निष्कर्ष निकालेपछि विभाजनको सम्भावना बढेको हो । एमसीसी १५ फागुनमा सदनबाट अनुमोदन भएपछि माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल, अञ्जना विशंखेलगायतले फरक मोर्चा बनाएका छन् । उनीहरुले छुट्टै […]