डोटीमा काँग्रेसको सानदार जित, एमालेले गुमायो वर्चश्व

९ स्थानीय तह रहेको डोटीमा नेपाली काँग्रेसले दुई नगरपालिका र पाँच गाउँपालिका गरी जम्मा ७ पालिकाको नेतृत्व पाएको छ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा काँग्रेसले डोटी जिल्लामा सानदार नतिजा ल्याएको हो ।२०७४ को स्थानीय तहमा एउटा नगरपालिका र दुई गाउँपालिकाको नेतृत्व जितेको काँग्रेसले यो पटक थप चार पालिकाको नेतृत्वमा जित हासिल गरेको हो । २०७४ को निर्वाचनमा एमालेले एउटा नगरपालिका र चार गाउँपालिका गरी पाँच पालिकाको नेतृत्व जितेको थियो भने एउटा पालिकाको नेतृत्व नेकपा माओवादी केन्द्रले जितेको थियो ।हालै