आफ्ना नेताहरूको घर अगाडि प्रेसर कुकर बम राखेको भन्दै नेकपा एमाले झापा जिल्ला कमिटीले आपत्ति जनाएको छ । पार्टी स्थायी कमिटी सदस्यका प्रदेश र पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्की, पार्टी केन्द्रीय लेखा आयोग सदस्य लिला कट्टेल कार्की तथा पार्टी जिल्ला कमिटी अध्यक्ष दीपक कार्कीको गौरादह वडा नं. ३ स्थित घरमा असार १० गते प्रेसर कुकरमा विद्युत् जडान गरी बम राखेको पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले उक्त अवाञ्छित आतङ्क फैलाउने घटनाको घोर निन्दा र