नेपाल वायुसेवा निगमको न्यारोबडी ‘सगरमाथा’ शनिबार मध्यरातिदेखि काठमाडौंमा ‘ग्राउन्डेड’ हुँदा आइतबार कम्तीमा २ सय ६० यात्रु अलपत्र परेका छन् । १ सय ३ यात्रु लिएर आइतबार राति १० बजे मलेसियाको क्लालालम्पुर उड्नुपर्ने जहाजमा उड्न उताबाट १ सय ५६ यात्रुले टिकट खरिद गरेका थिए । दुवैतिरका यात्रुलाई निगमले आफ्नै खर्चमा होटलमा राखेको छ ।