काठमाडौँ । केही दिन यता हुँदै आइरहेको वर्षाका कारण देशभरका विभिन्न स्थानमा पर्ने १४ सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै वटा वटा विभिन्न सडक ‘वान वे’ सञ्चालन भएका छन् । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले शुक्रवार बिहान १० बजे सार्वजनिक गरेको विवरण अनुसार १७ गतेबाट चतरा बराह क्षेत्र अन्तर्गतको सडक पहिरोका कारण अवरुद्ध छ । बराह क्षेत्र १ मोतिडाँडामा पहिरो गएपछि सो सडक अवरुद्ध भएको हो ।यसैगरी भोटेकोशी गाउँपालिका २ मा पर्ने हिम रिभर हाइड्रो पावर जाने सडक अवरुद्ध हुँदा चीनबाट सामान ल्याउने सवारी रोकिएका छन् । सो सडक ५ असारबाट नै अवरुद्ध रहँदै आइरहेको छ ।