एजेन्सी। टायर निर्माता कम्पनी जेकेले एउटै टायरको मूल्य १५ लाख भारुसम्म पर्ने बताएको छ। कम्पनीकाअनुसार यस्ता टायर विशेषखालका रेसिङ कारमा प्रयोग हुन्छन्। यस्तो टायरको तौल ३३०० किलोग्राम हुने पनि कम्पनीले केहीअघि अटो सोमा बताएको थियो। जेकेको सबैभन्दा हलुका टायर दुई किलोको हुने र त्यो अटोरिक्सामा प्रयोग हुन्छ। दुई किलोको टायरको मूल्य आठ सय भारु पर्ने कम्पनीले बताएको छ।