दशैँलाई लक्षित गरी खुल्न थाले ग्रामीण सडक

बागलुङ- बागलुङका स्थानीय तहले बर्खाको समयमा अवरुद्ध भएका ग्रामीण सडक खुलाउन थालेका छन् । दशैँ मनाउन गाउँ फर्कने नागरिकको सहज यात्राका लागि स्थानीय तहले सडक मर्मत गर्न थालेका हुन् । वर्षाले अवरुद्ध भएका ग्रामीणमा नियमित यातायातका साधन सञ्चालन गर्ने गरी मर्मत भइरहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । सबै वडामा पुग्ने सडक अहिले सञ्चालनमा […]

सम्बन्धित सामग्री

धुलाम्मे सडक भए कालोपत्रे

साढे दुई दशकअघि ट्र्याक खुलेका सडक अहिले धमाधम कालोपत्रे हुन थालेका छन् । बागलुङ जिल्लाका ग्रामीण सडक कालोपत्रे हुन थालेपछि सर्वसाधारण खुसी भएका छन् । सङ्घीयता आएसँगै गाउँघरमा विकासको ढोका खुल्न थालेको स्थानीयको भनाइ छ । बागलुङको ताराखोला गाउँपालिका–१, माझखर्ककी ७५ वर्षीय गङ्गा रोका घर छेउको सडक कालोपत्रे भएर चिटिक्क बनेपछि धेरे खुसी हुनुभएको छ । उहाँ जस्तै माझखर्कका स्थानीयवासी खर्कबहादुर घर्तीमगर पनि खुसी हुँदै भन्नुहुन्छ, “२० वर्ष पहिला स्थानीयले कुटो, गैँची र कोदालोले खनेर सडकको ट्र्याक खोलेका थियौँ अहिले सङ्घीयता कार्यान्वयनसँगै सडक कालोपत्रे भएपछि हामी खुसी भएका छौँ ।” सडक कालोपत्रे भएसँगै जोखिमयुक्त यात्रा गर्नुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो ।

ग्रामीण सडक खुल्न थाले

लगातारको वर्षापछि अवरुद्ध भएका ग्रामीण सडक खुल्न थालेका छन् । प्रायः दसैंभन्दा अगाडि जिल्लाभित्रका सडक मर्मत गरिन्छ । यस वर्ष लगातार वर्षा भएपछि ग्रामीण सडक मर्मत सम्भव भएको थिएन ।

रोल्पाका ग्रामीण सडक अझै खुल्न सकेनन्

रोल्पाका ग्रामीण भेगका सडक अझै खुल्न सकेका छैनन् । वर्षायाम सुरु भएसँगै अवरुद्ध भएका अधिकांश सडक खुलेका छैनन् । सडकको माथि र मुनिबाट पहिरो खसेपछि स्थानीयलाई हिँडडुल गर्न समस्या भएको छ । पहिरोका कारण हिँडडुल गर्न समस्या भएको रोल्पा नगरपालिकाका–९ का दलबहादुर खत्रीले बताए । “वर्षामा आएको पानीले पुरै बाटो बिग्रेर ठप्प छ,” खत्रीले भने […]

हिमपात र वर्षाले बन्द भएका डोटीका ग्रामीण सडक अझै खुल्न सकेनन्

डाेटी - दुई हप्ता पहिलेकाे भारी हिमपातसँगै परेको वर्षाका कारण बन्द भएका ग्रामीण सडकहरु अझै सञ्चालनमा आउन सकेका छैनन् ।  समूहगाढ, कपल्लेकी, नापानी हुँदै गड्सेरा जोड्ने फास्ट ट्रयाक लगायत सडकका विभिन्न खण्डमा हिमपातले रुख ढल्दा तथा वर्षातले पहिरो खस्दा सडक सञ्चालनमा आउन नसकेकाे हाे । हिमपात र वर्षातका कारण बन्द भएका अन्य ग्रामीण क्षेत्रका सडककाे समेत मर्मत नहुँदा गाडी चलाउन सास्ती हुने गरेकाे छ ।  सडक सञ्चालनमा नआएका कारण एक घण्टाको यात्रामा पुगिने ठाउँमा कम्तीमा पनि दुईदे...

ग्रामीण सडक खुल्न नसक्दा स्थानीयलाई समस्या

गत कात्तिक पहिलो साता आएको अविरल वर्षासँगै अवरुद्ध भएको डडेल्धुरा जिल्लाको अधिकांश ग्रामीण सडक अहिले ठप्प छन् । पहिरो खसेर अवरुद्ध आन्तरिक सडकहरू खुलाउन अझै पहल भएको छैन ।

अझै खुलेनन् रोल्पाका ग्रामीण सडक

असोज ३१, रोल्पा । वर्षायाम लागेसँगै अवरुद्ध रोल्पाका अधिकांश ग्रामीण सडक अझै खुल्न सकेका छैनन् । एक नगरपालिका र ९ गाउँपालिका रहेको रोल्पामा ७२ ओटा वडा रहेका छन् । जिल्लाको सदरमुकाम लिबाङसँग सबै वडा सडक सञ्जालमा जोडिएको भएतापनि नयाँ ट्र्याक खोलिएको सडकमा पहिरो खसेपछि हाल अबरुद्ध भएका हुन् । वर्षा सकिएर चाडबाडको समय शुरु भएपनि गाउँ-गाउँ पुग्ने सडक नखुल्दा स्थानीयले सास्ती खेप्नु परेको छ । सडकमा पहिरो खसेर स्थानीयलाई हिड्डुल गर्न समेत गठिन भइरहेको रोल्पा नगरपालिका–१० धबाङका गिरीराज थापाको गुनासो छ । ‘गत साउन र भदौमा आएको वर्षाले सडक पूर्ण रुपमा ठप्प छ’ उनले भने ‘पहिरो नखसेको सडकमा पनि चिरा–चिरा परेर आवत–जावत गर्नै कठिन छ ।’  सम्बन्धित निकायले बेवास्ता गर्दा गाउँ जाने यात्रु प्रसस्तै भएपनि सवारी साधन चलाउनै मुस्कील परेको यातायात व्यवसायीहरुको गुनासो छ । स्थानीय सरकारले भएका सडकको स्तरोन्नति गर्ने भन्दा पनि नयाँ ट्र्याक खोल्नमै बढी ध्यान दिएकाले वर्षायाममा पहिरो जाने गरेको प्राविधिकहरुको भनाइ छ ।

खुल्न थाले बागलुङका अवरुद्ध ग्रामीण सडक

बागलुङ । असार १ गतेको वर्षाले नै बागलुङका सबै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भए । त्यसयता पटक–पटक पहिरो पन्छाउँदै केही दिन सडक खुलेका भए पनि लामो समय चल्न सकेनन् । स्थानीय तहले आफ्नै साधन र भाडामा डोजर लिएर सडक खुलाउने प्रयास गर्दासमेत पटक–पटक अवरुद्ध हुँदै आएको स्थानीय सडक दशैंको छेकोमा भने खुल्न थालेका छन् । वर्षाका कारण बाढीपहिराले अवरुद्ध बागलुङ जिल्लाका ग्रामीण क्षेत्रका सडक खुलाउन थालिएको हो । वर्षाका कारण अवरुद्ध बनेका ग्रामीण सडक दशैं, तिहारजस्ता चाडपर्व नजिकिएसँगै पालिकाले खुलाउन थालेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । सबै वडामा पुग्ने सडक अहिले सञ्चालनमा आउन थालेका छन् ।     जिल्लाको निसीखोला गाउँपालिकाले चाडपर्व मनाउन गाउँ आउने नागरिकलाई सहज बनाउने उद्देश्यले अवरुद्ध सडक खुलाउन थालिएको हो । अवरुद्ध सडक खुलाउने काम सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वलाल शाक्यले बताए । ढोरपाटन नगरपालिकाले पनि सबै ग्रामीण सडक सञ्चालन गर्न थालेको छ । अब केही दिनमै गाउँगाउँमा पुगेका सडक खुल्ने नगर प्रमुख देवकुमार नेपालीले जानकारी दिए । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले चाडबाडलाई लक्षित गरी सडक खुलाउने काम भइरहेको जानकारी दिए । अवरुद्ध भएका ग्रामीण सडकसँगै मध्यपहाडी लोकमार्गमा पनि कुनै समस्या नभएको उनको भनाइ छ । गाउँ आउने यात्रुलाई सहज हुनेगरी सडक खुलाइएको उनको भनाइ छ । जिल्लाको ताराखोला गाउँपालिकाले पनि बाढीपहिरोकाले अवरुद्ध बनेको सडक खुलाउन थालेको छ । गाउँपालिकामा पर्ने शहीद मार्गसहित पालिकाभित्र पर्ने सबै सडकमा गाडी गुड्नेगरी काम गरिरहेको अध्यक्ष प्रकाश घर्तीमगरले बताए । गलकोट नगरपालिका, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि चाडबाड नजिकिएसँगै ग्रामीण सडक खुलाउन थालेका छन् । मध्यपहाडी लोकमार्गमा समस्या रहेका क्षेत्रमा मर्मत थालिएको छ । अवरुद्ध रहेको कालीगण्डकी कोरिडोरको बागलुङ खण्ड सञ्चालनमा आएको छ । ‘दशैंमा घर जानेबेला बल्ल बाटो खुल्यो,’ जैमिनी नगरपालिका–७ का शिक्षक राजेन्द्र शर्माले भने, ‘कोरिडोर चलेपछि जेठयता पहिलो पटक घर जाँदै छु ।’ रासस

पाँच महिनापछि खुले म्याग्दीका अवरुद्ध ग्रामीण सडक

२५ असार, म्‍याग्दी। बाढी र पहिरोका कारण जेठको दोस्रो सातादेखि अवरुद्ध भएका म्याग्दीका ग्रामीण सडक पाँच महिना पछि बल्ल खुल्न थालेका छन् । वर्षा सुरु भएसँगै बाढी पहिरोका कारणले यहाँका सबै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएका थिए । त्यसयता पटकपटक पहिरो पन्छाउँदै केही दिन सडक खुलेका भए पनि लामो समय चल्न सकेका थिएनन् । […]

खुल्न थाले बागलुङका अवरुद्ध ग्रामीण सडक

बागलुङ । असार १ गतेको वर्षाले नै बागलुङका सबै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भए । त्यसयता पटक–पटक पहिरो पन्छाउँदै केही दिन सडक खुलेका भए पनि लामो समय चल्न सकेनन् । स्थानीय तहले आफ्नै साधन र भाडामा डोजर लिएर सडक खुलाउने प्रयास गर्दासमेत पटक–पटक अवरुद्ध हुँदै आएको स्थानीय सडक दशैंको छेकोमा भने खुल्न थालेका छन् । वर्षाका कारण बाढीपहिराले अवरुद्ध बागलुङ जिल्लाका ग्रामीण क्षेत्रका सडक खुलाउन थालिएको हो । वर्षाका कारण अवरुद्ध बनेका ग्रामीण सडक दशैं, तिहारजस्ता चाडपर्व नजिकिएसँगै पालिकाले खुलाउन थालेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । सबै वडामा पुग्ने सडक अहिले सञ्चालनमा आउन थालेका छन् ।     जिल्लाको निसीखोला गाउँपालिकाले चाडपर्व मनाउन गाउँ आउने नागरिकलाई सहज बनाउने उद्देश्यले अवरुद्ध सडक खुलाउन थालिएको हो । अवरुद्ध सडक खुलाउने काम सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वलाल शाक्यले बताए । ढोरपाटन नगरपालिकाले पनि सबै ग्रामीण सडक सञ्चालन गर्न थालेको छ । अब केही दिनमै गाउँगाउँमा पुगेका सडक खुल्ने नगर प्रमुख देवकुमार नेपालीले जानकारी दिए । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले चाडबाडलाई लक्षित गरी सडक खुलाउने काम भइरहेको जानकारी दिए । अवरुद्ध भएका ग्रामीण सडकसँगै मध्यपहाडी लोकमार्गमा पनि कुनै समस्या नभएको उनको भनाइ छ । गाउँ आउने यात्रुलाई सहज हुनेगरी सडक खुलाइएको उनको भनाइ छ । जिल्लाको ताराखोला गाउँपालिकाले पनि बाढीपहिरोकाले अवरुद्ध बनेको सडक खुलाउन थालेको छ । गाउँपालिकामा पर्ने शहीद मार्गसहित पालिकाभित्र पर्ने सबै सडकमा गाडी गुड्नेगरी काम गरिरहेको अध्यक्ष प्रकाश घर्तीमगरले बताए । गलकोट नगरपालिका, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि चाडबाड नजिकिएसँगै ग्रामीण सडक खुलाउन थालेका छन् । मध्यपहाडी लोकमार्गमा समस्या रहेका क्षेत्रमा मर्मत थालिएको छ । अवरुद्ध रहेको कालीगण्डकी कोरिडोरको बागलुङ खण्ड सञ्चालनमा आएको छ । ‘दशैंमा घर जानेबेला बल्ल बाटो खुल्यो,’ जैमिनी नगरपालिका–७ का शिक्षक राजेन्द्र शर्माले भने, ‘कोरिडोर चलेपछि जेठयता पहिलो पटक घर जाँदै छु ।’ रासस

चिसापानी–गुटु–मंगलसेन फास्ट ट्रयाक : आधा शताब्दी बित्दा पनि खुलेन ट्रयाक

साउन ९, सुर्खेत । ‘विकास गाडी चढेर आउँछ ।’ जब सडक बन्छ तब विकासका अनेक पाटा खुल्छन् । अर्थात् समग्रमा जीवनशैलीमा परिवर्तन शुरु हुन्छ । सडकले पूर्वाधारको ७० प्रतिशत भूमिका निर्वाह गर्ने विकासविद्हरुको बुझाइ छ ।  सामाजिक–आर्थिक विकासको पूर्वसर्त नै पूर्वाधार विकास हो अनि सडकचाँहि पूर्वाधार विकासको पनि पूर्वाधार हो । सडकले विकास ल्याउँछ भन्ने भनाइले सडक बनेसँगै सबै पूर्वाधार बन्न थाल्नेमा दुई मत छैन । सन् २१०० सालसम्ममा नेपाल समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने दीर्घकालीन सोच राखी सोही मार्गचित्रका आधारमा नेपालको विकास हुँदैछ ।  यसका लागि सडक सञ्जालको भूमिका अहम देखिन्छ । तर निर्माण कार्य शुरु भएको आधा शताब्दी वितिसक्दा समेत कैलालीको चिसापानी–सुर्खेतको गुटुहुँदै अछामको जंगलघाट मंगलसेनसम्मको फास्ट ट्रयाक अहिलेसम्म खुल्न सकेको छैन ।  २०२८ सालबाट निर्माण कार्य थालिएको चिसापानी–गुटु–मंगलसेन फास्ट ट्रयाक राजनीति ईच्छाशक्तिको अभावमा ५० वर्ष बितिसक्दा समेत सडक बन्न नसकेको हो । अछामतर्फबाट सुर्खेतको सिमाना जंगलघाटसम्म १० वर्ष पहिले नै सडक पुगि सकेको भएपनि सुर्खेतको गुटुदेखि करीब १५ किलोमिटर ट्रयाक मात्र खुल्न बाँकी छ ।  यो व्यापारिक दृष्टिकोणले ऐतिहासिक रणनीतिक महत्व बोकेको सडक हो । विसं २०२५ सालमा तत्कालिन पञ्चायती व्यवस्थाका अछाम जिल्ला सभापति हरीप्रसाद भण्डारीले भारतको तिकुनीयाबाट चिसापानी हुँदै मंगलसेनसम्म काँधमा बोक्दै, बाटो काट्दै जीप पुर्‍याएको यहि बाटो थियो । गाउँ–गाउँमा बाजागाजासहित खुशीयाली मनाउँदै र काँधमा बोक्न श्रमदान गर्दै मंगलसेनमा झण्डै ५३ वर्षअघि जीप पुगाएपछि अछाम सुगम जिल्लामा राखिएको थियो ।  सडक समृद्धिको आधार हो भन्ने चेतनाकै कारण चिसापानी हुँदै मंलसेनसम्म सडक आयोजनाको माग सहितको विन्तिपत्र तत्कालिन राजालाई बुझाइएपछि २०२८ सालदेखि यो सडक निर्माण थालिएको हो । चिसापानीबाट करीब एक ११० किलोमिटरको छोटो दूरीमै मंगलसेन पुगिने यो सडक निर्माणमा राज्यको खासै ध्यान पुग्न सकेको छैन । यो सडक निर्माण शुरु भएपछि हालसम्म देशमा थुप्रै व्यवस्था परिवर्तन भएका छन् । त्यो बेला जन्मिएका मान्छे अहिले सांसद मन्त्रीसमेत भइसक्दा पनि सडकको ट्रयाक नै नखुल्नु विडम्बना हो ।  त्यतीबेला जीप काँधमा बोकेर रमिता हेर्न गएकाहरु पनि अहिले त्यो सडकको चर्चा हराएकोमा चिन्तित छन् । ‘चिसापानी–गुटु–मंगलसेन फास्ट ट्रयाक ’ बाटो आयोजना नाम दिईएको यो सडक अहिले नेताहरुको भाषणमा समेत आउँदैन् । यो बाटो तत्कालिन समयमा अछाम, डोटी, कालिकोट, मुगु, दैलेख, सुर्खेतका नागरिकले हाट (पिठ्यूमा नुन बोकेर ल्याउन) जाने बाटो समेत हो । ५३ वर्ष पहिले गाडी लगेको सडकको अहिलेसम्म ट्रयाक नै नखुलेकोमा यस क्षेत्रका स्थानीय भन्दा हरिप्रसादका आफन्तहरु बढी दुःखित छन् ।   यो सडकका लागि नियमित टुक्रे बजेट विनियोजन भएपनि सही सदुपयोग भने हुन सकेको छैन । सडकका लागि अछामतर्फ बजेट छुट्याउनुको जरुरी नरहेको र विषेशगरी सुर्खेततर्फ बजेट छुट्याउनु पर्ने स्थानीय सरोकारवाला बताउँछन् । अछामका व्यवसायी चन्द्रप्रसाद ढुंगानाले यसअघि सडक डिभिजन कार्यालय महेन्द्रनगर र सुर्खेतबाट छुट्याईएको बजेट सही ठाउँमा खर्च नभएको बताए । ‘पहिलो काम भनेको गुटु–जंगलघाट ट्रयाक खोल्नु हो, तर महेन्द्रनगर सडक डिभिजनले कैलालीको भागमा मात्र र सुर्खेतले अर्कैतिर बजेटखर्च गर्दा राज्यले छुट्याएको बजेट सही सदुपयोग हुन नसकेको हो,’ ढुंगानाले भने, ‘अछामका जनप्रतिनिधिहरुले समेत चासो नै नदिने र सुर्खेत कैलाली तर्फकाले आफ्नैतिर बजेट खर्च गर्नाले यसतर्फ राज्यले ध्यान दिन सकेको छैन ।’ सुर्खेतबाट प्रतिनिधित्व गर्ने निवर्तमान स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले चिसापानी–गुटु–मंगलसेन फास्ट ट्¥याकलाई छिटो बनाउन संसदमा सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए ।  उनले संघीय संसदमा कुरा उठाए पनि प्रदेश सरकारले समेत आफ्नो बजेटमा उक्त सडकखण्डलाई समिट्नु पर्ने आवश्यक रहेको औल्याए । तर, अहिले पनि आफ्नो स्तरबाट निरन्तर सडक निर्माणका लागि प्रयास जारी राखेको उनको भनाइ छ ।  तराई–पहाड जोड्ने छोटो मार्ग तराई र पहाडका जिल्ला जोड्ने सबै भन्दा छोटो मार्ग भनेकै ‘चिसापानी–गुटु–मंगलसेन’ फास्ट ट्¥याक हो । १० वर्षअघि साविकको गुटु गाविसले ग्रामीण सडक कार्यक्रम अन्तर्गत थालेको उक्त मार्ग केन्द्रीय योजनामा समेत परेको थियो । पछि राजनीति पहुँच नहुँदा उक्त सडक ओझेलमा पर्दै गएको हो ।  अछामको मंगलसेन पुग्न पूर्व पश्चिम राजमार्गबाट डोटी हुँदै ३९० किलोमिटर यात्रा पार गर्नुपर्ने भएपनि चिसापानी मंगलसेन ९० किलोमिटर मात्रै दूरी पर्ने छोटो मार्ग हो । कर्णाली, चिसापानी हुँदै मंगलसेन जोड्न छोटो मार्गको बारेमा यस क्षेत्रबाट राजनीति गर्नेहरुले नबुझेकाले आझेलमा पर्दै गईरहेको स्थानीय समाजसेवी लक्ष्मीबहादुर बयक बताउँछन् । उनले कैलाली, सुर्खेत र अछाम जोड्ने उक्त सडक कर्णालीका बासिन्दालाई समेत सडक यातायातको दूरी छोटो हुने बताए । ‘तराईसँग मध्य पहाड र हिमाल जोड्न छोटो र निर्माणमा सहज भएकाले यसको महत्व बढी छ,’ उनले भने, ‘नेपालकै ठूलो क्षमताको बहुचर्चित गुटु–चौकुने सिमेन्ट उद्योगका लागि पनि सडकको बढी महत्व रहेको छ ।’ उक्त सडक बनेमा सिमेन्ट उद्योगको लागतसमेत कम हुने उनको भनाइ छ ।  उनले हाललाई तीन जिल्ला जोड्ने उक्त सडक निर्माण भएमा धनगढीको चामल सस्तो मूल्यमा अछामलगायत कर्णालीका जनताले पाउने जनाए । उनले भने, ‘यो सडक पूरा भएपछि उपभोग्य वस्तुको लागत कम हुनेछ ।’ कर्णाली–चिसापानी–घाटगाउँ–गुटु हुँदै अछाम जोड्ने सडक निर्माण भए पश्चिम सुर्खेतको विकासमा ठूलो टेवा पुग्ने समाजसेवी देवबहादुर थापाले बताए ।  उनका अनुसार यो सडकभन्दा पछि कल्पना गरिएको १४५ किलोमिटर लामो कर्णाली करिडोर हिल्सा–सिमिकोट–सलिसल्ला सडक सम्पन्न भइसकेको छ । दिगो विकासका लागि सबैभन्दा प्रभावकारी जग भनेकै सडक हो । झन्डै १ लाख किलोमिटर सडक सञ्जाल भइसक्दा पनि नेपालमा अझै उक्त त्रि–देशीय चिसापानी–गुटु–मंगलसेन सडक बन्न सकेको छैन ।