कांग्रेस उपसभापति निधिले गरे नदी कटानको अगुगमन, कटान नियन्त्रण गर्न पहल चाल्ने प्रतिवद्धा

जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले धनुषाको कमला नदीले कटान गरेको स्थलको अनुगमन गरेका छन्।कमला नदीमा आएको बाढीका कारणले धनुषाको सवैला नगरपालिका–१३ किरतपुरलगायतका ठाउँमा करिब सात सय मिटरमा तटबन्ध नै कटान गरेर बस्ती जोखिममा परेको छ। अनुगमनमा निधिले नदी कटान रोक्न भएको प्रयासबारे जानकारी लिएका थिए।उनले कमला नदी नियन्त्रण आयोजना जनकपुरधामका प्रमुख डिभिजन इन्जिनियर एकराज भट्टराईसँग प्राविधिक पक्षको बारेमा जानकारी समेत लिएका थिए।कमला नदीले बाँध कटान गरेपछि धनुषाको सवैला