मधेशी दलितमा सबैभन्दा पिछडिएकामध्ये पर्छन् डोम समुदाय । ज्याला मजदुरी गरेर जीविको चलाउने यस समुदायका विपन्न परिवार हातमुख जोर्नकै समस्या भोग्न बाध्य हुन्छन् ।क्षीरेश्वरनाथ नगरपालिका-६ सखुवाबजार नयाँटोलका झल्कु मल्लिक भन्छन्, 'समय बदलियो, हाम्रा मौलिक कामको मूल्य छैन । गर्नेले त अरु काम गरिरहेकै छन् तर अधिकांशले हातमुख जोर्ने समस्याबाटै गज्रिनु...