बोल्दाबोल्दै भाषण बिर्सिए बेलायतका प्रधानमन्त्रीले, निकाले गाडीको आवाज (भिडियो)

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भाषण गर्दागर्दै कुरा बिर्सिएपछि गाडीको आवाज निकालेका छन् ।  सोमवार जोनसन बेलायतलाई कसरी थप वातावरणमैत्री बनाउन सकिन्छ भन्ने विषयमा आयोजित कार्यक्रममा भाग लिइरहेका थिए । त्यहाँ भाषण दिने क्रममा शुरूमा त जोनसनले शानदार सम्बोधन गरे ।  तर पछि उनलाई के भयो कुन्नि, विद्युतीय गाडीको तुलना पेट्रोल र डीजेल गाडीहरूसँग गर्दै उनले भ्र्रूम भ्रूम गर्दै अनौठा आवाज निकाल्न थाले । पछि उनले नीतिहरूका कुरा गर्दा भाषणको बीचमा नोट हराए । नोट नभेटेपछि उनले बच्चाहरूको थिम पार्क पेप्पा पि...

सम्बन्धित सामग्री

भाषण गर्दै गर्दा कार्यकर्ताले 'भीम रावल खै' भनेर सोधेपछि जंगिए ओली

कञ्चनपुरको सभामा केपी ओली डडेल्धुरामा कर्ण मल्ललाई एमालेलाई समर्थन गरेको र कसैलाई मन परे पनि, नपरे पनि उनैलाई सघाउन कार्यकर्तालाई निर्देशन दिँदै थिए। त्यस्तै, कर्ण मल्लको समूहले प्रदेश सभामा एमालेका उम्मेदवारलाई सहयोग गर्ने भनेको र त्यसको कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै थिए।ओलीले भन्दै थिए 'नेकपा एमाले अरु कुनै बागी विद्रोही उम्मेदवारलाई समर्थन गर्छ भन्ने भ्रम नपाले पनि हुन्छ। त्यसकारण म हाम्रा कार्यकर्ता साथीहरूलाई डडेल्धुराका साथीहरूलाई आग्रह गर्न चाहन्छु– केन्द्रको निर्णय अक्षरशः जस्ताको तस्तै दृढताको साथ कार्यान्वयन गरेर अगाडि बढाउनुस्। त्यो आदेश र निर्देश पनि म पार्टी केन्द्रको तर्फबाट साथीहरुलाई भन्न चाहन्छु। अरु कुरा हुँदैन।'त्यति नै बेला सभामा दर्शकदीर्घाबाट आवाज आयो– भीम रावल! ओली केही आक्रोशित जस्तो सुनिएर मञ्चबाट प्रतिवादमा उत्रिए– ’भीम रावलको तपाईंलाई किन चिन्ता प¥यो? ०४८ सालदेखि एकछिन् मुख खाली छैन। बुढो भइसक्नुभयो। बेकार किन भीम रावलको चिन्ता, अरुलाई पालो दिनुपर्दैन? एउटै भीम रावल, भीम रावल। केको खेती गरिराख्या?के भीम रावल? थुप्रो रावलहरू हुनुहुन्छ सुदूरपश्चिममा। थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ।’रावलले टिकट नपाएपछि एमालेको एउटा पंक्ति ओलीप्रति असन्तुष्ट छ। स्वयं रावलले पनि ओलीको आलोचना गर्ने गरेका छन्। यद्यपि, ओलीले यसअघि पनि रावलले ०४८ सालदेखि खाइरहेको बताएका थिए। रावलले ०५१ को मध्यावधि निर्वाचनबाट संसदीय यात्रा सुरु गरेका थिए। ओली भने ०४८ देखि नै सांसद छन्। उनी ०६४ को संविधान सभा निर्वाचनमा मात्रै पराजित भएका थिए।त्यसअघि पनि ओली बोलिरहँदा दर्शकदीर्घाबाट ’एमसीसी’ भन्दै उनको लय बिगारिदिएका थिए।

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

काठमाडौं, असार २४ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ। रोयटर्सले स्थानीय मिडियालाई उद्धृत गर्दै पूर्वप्रधानमन्त्री अबेको छातिमा गोली प्रहार भएको उल्लेख गरेको छ। रोयटर्सले उल्लेख गरेअनुसार आबे पश्चिमी जापानको नारा सहरमा भाषण दिने क्रममा दुईपटक केही पड्केको आवाज सुनिएको थियो । लगत्तै आबै ढलेका थिए । उनको शरीरबाट रगत बगिरहेको थियो । […]

जापानका पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार, उपचार चल्दै

जापानका पूर्व प्रधानमन्त्री सिन्जाे आबेमाथि गोली प्रहार भएको छ । नारा सहरमा भएको एक कार्यक्रममा भाषण दिइरहेको अवस्थामा पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको जापानको एनएचके टीभीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घटनास्थलमा रहेका एनएचकेका संवाददाताले आफूले गोली चलेको आवाज सुनेको र पूर्व प्रधानमन्त्री आबेको शरीर रगतले लतपतिएको देखेको बताएका खबरमा उल्लेख छ । सडकमा ढलेका आबेलाई अस्पताल लगिएको छ । गोली प्रहार गर्ने शङ्कास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार, अस्पताल लगियो

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे पश्चिमी जापानको नारा सहरमा भाषण दिने क्रममा ढलेपछि अस्पताल लगिएको छ । रोयटर्सका अनुसार उनको शरीरबाट रगत बगिरहेको थियो ।आबे ढल्नुअघि बन्दुक पड्केको जस्तो आवाज सुनिएको र एक संदिग्ध पुरुषलाई पक्राउ गरेको एनएचकेले जनाएको छ ।  एनएचकेका सम्वाददाताका अनुसार आबेको भाषणका दौरान दुईपटक केही पड्केको आवाज सुनिएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

‘भुइँमान्छे’का आवाज

समाजको गहिराइलाई हेर्दा गायत्री चक्रवर्तीले भनेजस्तो सबाल्टर्न वर्ग अर्थात् भुइँमान्छे आपैmँ बोल्न सक्दैन । त्यो वर्गमा अर्कैले चेतना भरिदिनुपर्छ । तिनको आवाज ओकलिदिनुपर्छ । नेपालमा भुइँमान्छेका आवाजलाई ओकल्ने भन्दै समाजवाद, जनवाद, साम्यवाद, लोकतन्त्र, गणतन्त्र जस्ता सैद्धान्तिक धार बोक्ने पार्टी जन्मिए । मार्मिक साहित्य लेखिए । अधिकारका लामा भाषण, खोज, अन्वेषण पनि थुप्रै भइरहेकै छन् । नारी अधिकार र असमानताका आवाज बुलन्द नभएका पनि होइनन् । अफगानस्तिानमा त भर्खरै महिला शिक्षाका लागि विद्रोह हुँदै छ । संसारमा जतिसुकै वैज्ञानिक विस्फोट भए पनि मानवीय हक र मानवताको भाव बलियो नभएसम्म सिद्धान्तका ठेली निरर्थक हुन्छन् । हाम्रो मुलुकमा पनि ग्रामीण दुर्गममा पिल्सिएका कुण्ठित नेपालीका दर्दको सम्बोधन हुनसकेको छैन । जसले पेटसँग मुकाबिला गर्दैमा पुस्तौँसम्म बिताएको छ ।

यसरी गर्न सकिन्छ गला बसेको घरेलु उपचार

गला बस्नु भन्नाले घाँटीबाट आउने आवाज या घाँटीबाट निस्किने शब्द बिलकुल नआउनु या मन्द मन्द आउनु भन्ने बुझिन्छ । जोडजोडले भाषण दिनु या पढ्नु, विष खानु र कण्ठमा कुनै पनि प्रकारले चोट लाग्नु, वातादि कोष कुपित हुनु । यी कारणहरुले कण्ठबाट शब्द प्रवाह गर्ने नाडीहरुमा स्थिर भएर स्वरभंग गरिदिन्छ । यो स्वरभङ्ग छ प्रकारको हुन्छ— […]

आन्दोलित हुन बजेट भाषण कुर्नुपर्दैन !

२०७६ पुस २६ गते, धनुषाको औरही खोलामा भइरहेको बालुवा–गिट्टीको अनियन्त्रित दोहनविरुद्ध आवाज उठाउने युवा ओमप्रकाश महतो (दिलीप) मारिए । क्रूरतापूर्वक हत्या गरिएका दिलीपबारे खबर प्रकाशित भएपछि माघ १० गते ‘काठमान्डु पोस्ट’ मा साथी अमीषराज मुल्मीले दिलीपका नाममा स्तम्भ लेखे । स्तम्भको शीर्षकमै उनले भने, ‘दिलीप हिरो हुनुपथ्र्यो तर उनी बिर्सिइनेछन् ।’ दिलीप त्यस्ता सबाल्टर्न हुन् जसले जीवित हुँदै उरालेको आवाज सुन्नेहरू धेरै हुँदैनन्, मारिएपछि पनि सजिलै बिर्सिइन्छन् ।

कुञ्जमा आवाज तथा भाषण कला प्रशिक्षण

नेपाल सङ्गित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आवाज तथा भाषण कला (भ्वाइस एन्ड स्पिच) कार्यशाला सम्पन्न भएको छ । थापागाउँ लेखन कुञ्जस्थित आरोहण गुरुकुलमा सञ्चालित कार्यशालामा वरिष्ठ नाट्य निर्देशक अनुप बरालले प्रशिक्षण दिनुभएको हो । उहाँका साथमा सहायक प्रशिक्षकका रूपमा देव न्यौपाने रहनुभएको थियो ।

“ट्रम्पको भाषण कुकुरको भुकाइ” - Naya Patrika

उत्तर कोरियाका वरिष्ठ कूटनीतिज्ञले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त राष्ट्रसंघको महासभामा व्यक्त मन्तव्यलाई ‘भुक्ने कुकुरको आवाज’ भनेका छन् । उत्तर कोरियाली विदेशमन्त्री री योङ होले सो टिप्पणी गरेका हुन् ।...पूरा पढ्नुहोस् »