प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलहरूले संसद्का समितिहरुलाई पूर्णता दिन ढिलाइ हुँदा संसद्प्रति सरकार जिम्मेवार नभएको बताएका छन् । बुधबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संसद्लाई प्रभावकारी बनाउन कमजोर उपस्थितिलाई सुधार्नुपर्ने र संसद्मा उठेका विषयहरूमा मन्त्रीहरुलाई जवाफदेही बनाउनुपर्ने बताए ।