बझाङमा २८ किलो चरेशसहित एक जना पक्राउ

धनगढी : बझाङमा २८ किलोग्राम चरेशसहित एक महिला पक्राउ परेकी छन्।जिल्लाको जयपृथ्वी नगरपालिका-३ मा २८ किलो चरेशसहित ३२ वर्षीया कल्पना रोकायालाई प्रहरीले मंगलबार पक्राउ गरेको जनाएको छ।बेलुका ६ बजेतिर विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो।जिल्ला प्रहरी कार्यालय बझाङ र सुदूरपश्चिम आरआइटीको संयुक्त टोलीले रोकायालाई जयपृथवी नगरपालिका-३ डुग्रीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले बताए।यसबारे थप अनुसन्धान भइरहेको उनले बताए।

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।