अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफ्यामको नयाँ प्रतिवेदनले प्रत्येक मिनेट ११ जना भोकको कारण मर्ने गरेको तथ्य सार्वजनिक गरेको छ ।
विगत एक वर्षमा संसारभरि भोकमरी जस्तो स्थिति सामना गर्ने मानिसहरूको संख्या ६ गुणाले बढेको पनि प्रतिवेदनले औंल्याएको छ ।
शुक्रवार प्रकाशित द हंगर भाइरस मल्टिप्लाइज शीर्षक प्रतिवेदनका अनुसार, कोभिड १९ ले गराउने मृत्युभन्दा द्रुत गतिमा भोकमरीले मार्ने गरेको छ ।
‘यी आँकडाहरू भयावह छन् तर अकल्पनीय पीडा बेहोरिरहेका मानिसहरूको संख्या हो भन्ने कुरा हामीले सम्झनुपर्छ । एकजना ...