काठमाडौं : निर्वाचन आयोगले जनप्रतिनिधिको कार्यकाल सकिएको विषयमा आयोगले नभई सरकारले निर्णय लिनुपर्ने बताएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलनमा यस विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बोल्नुपर्ने बताए।‘प्रक्रियाको हिसाबले जेठ ६ गते जनप्रतिनिधि नियुक्ति गर्नुपर्ने हो, अहिले पनि मतगणना सार्वजनिक भइरहेको छ। त्यसैले केही दिनको ढिलाले ठूलो इस्यु बन्छ जस्तो लाग्दैन, कानुनी रूपमा सरकारको सम्बन्धित बोल्नुपर्छ। आयोगभन्दा पनि संघीय मामिला तथा सामान्य