ए डिभिजन लिग थ्री स्टारलाई सफलता

 काठमाडौं : थ्री स्टार फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा आइतबारको खेलमा हिमालयन शेर्पालाई पराजित गरेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबारको एक मात्र लिग खेलमा थ्री स्टारले हिमालयन शेर्पालाई २–०  ले पराजित गरेको हो।थ्री स्टारलाई जित दिलाउन अघिल्लो खेलमा मात्र अनुबन्धित घानेफो अंशुमाना क्रोमाले एक गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको थियो।सुरुआती अग्रता लिने क्रममा हिमालयन शेर्पाका रक्षक अमृत श्रेष्ठले क्लियर गर्ने खोजेको बल गोलमा परिणत हुँदा थ्री स्ट