रुसको हमलाबीच युक्रेनका महिला आफ्नो र देशको सुरक्षाका लागि मोलोटोव ककटेल्स (पेट्रोल बम) बनाइरहेको देखिएका छन् । यो घरमा नै बनाउन सकिने हतियार हो ।युक्रेन सरकारको तर्फबाट पनि मानिसलाई मोलोटोव ककटेल्स बनाउने अपिल गरिएको थियो । बीबीसी संवाददाता साराह रेन्सफोर्ड यस्तै एक समूहमा भेटिइन् जो दिन्प्रो शहरको एउटा पार्कमा बसेर एकसाथ मोलोटोव ककटेल्स बनाइरहेका थिए ।जब पुटिनले युक्रेनमा हमलाको आदेश दिएका थिए, त्यसदिन अंग्रेजीकी शिक्षिका सराह अरिनाले कामपछि एउटा डान्स क्लास र त्यसपछि पार्टी गर्ने योजना