दुधमा आत्मनिर्भर बन्दै दाङ

दाङ जिल्ला दुधमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय जिल्लामा उन्नत नस्लका गाई र भैँसीको व्यावसायिक पालन हुन थालेपछि सो जिल्ला दुधमा आत्मनिर्भर बन्दै गएको हो । दुधबाट राम्रो आम्दानी लिन सकिने भएपछि पछिल्लो समय गाईभैँसी पाल्ने मानिसको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको आवश्यकता अनुसार दुध पुगेर पछिल्लो समय जिल्ला बाहिरसमेत जाने गरेको छ । दुग्ध विकास संस्थान (डिडिसी) ले लमही तथा तुलसीपुर क्षेत्रबाट किसानले उत्पादन गरेको दुध सहकारीमार्फत खरिद गरेर लग्ने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङले जनाएको छ । वार्षिक रूपमा प्रतिव्यक्ति ५४ लिटर दुध आवश्यक रहेको र जिल्लामा उत्पादित दुधले पुगिरहेको केन्द्रले जनाएको छ ।

सम्बन्धित सामग्री

दूधमा आत्मनिर्भर बन्दै दाङ

दाङ– राप्ती गाउँपालिका वडा नम्बर ६ का सोमनाथ चौधरीले चार वटा जर्सी गाई पाल्न गरेका छन् । उनले ५ वर्षदेखि गाई पालन गर्दै आएका छन् । उनले दैनिक २० लिटर दूध स्थानीय बजारमा बिक्री गर्न गरेका छन् । राजपुर गाउँपालिका वडा नम्बर ३ का खरदरियाका शेषराम यादवको पुख्र्यौली पेसा भैसीपालन हो । बाउ बाजेको पालादेखि […]

बगर खेतीबाट आत्मनिर्भर बन्दै राप्तीका किसान

८ वैशाख, दाङ । कुनै बेला राप्ती नदी पसेर खेतीयोग्य जमिनलाई कटान गरी बगरमा परिणत गराएको ठाउँ अहिले हरियाली देखिन्छ । त्यहाँ लटरम्म खरबुजा तथा तरकारी फलेका छन् । त्यही खेतीबाट उनीहरु  लखपति पनि बनिसकेका छन् । बगरे खेतीबाटै लखपति बनेका किसानहरूमा अहिले ठूलो जोस र जाँगर पलाउनाका साथै आफूलाई आर्थिक रुपमा सफल र सबल […]

खाद्यान्नमा आत्मनिर्भर बन्दै दाङ

जिल्लामा उत्पादन हुने खाद्यान्नले यहाँका मानिसलाई पुग्ने गरेको छ । जिल्ला उत्पादन हुने खाद्यान्नले यहाका मानिसलाई पुगेर बचत हुने गरेको तथ्यांकले देखाएको छ । जिल्लामा उत्पादन हुने सबै खाद्यान्न उपयोग भएमा जिल्लामा रहेको जनसंख्यालाई पुगेर समेत बचत हुन गरेको कृषि ज्ञान केन्द्र दाङको तथ्यांकमा उल्लेख छ । जिल्लामा कुल ७५ हजार ९ सय ९१ हेक्टरमा […]

दाङ खाद्यान्नमा आत्मनिर्भर, दुई लाख ९४ हजार ७४ मेट्रिक टन उत्पादन

घोराही– दाङ खाद्यान्नमा आत्मनिर्भर बनेको छ । जिल्लामा उत्पादन हुने खाद्यान्नले यहाँका जिल्लावासीलाई पुगेर बचतसमेत हुने गरेको तथ्याङकले देखाएको छ । कृषि ज्ञान केन्द्र दाङको तथ्यांक अनुसार जिल्लामा कूल ७५ हजार नौ सय ९१ हेक्टरमा खेती गर्ने गरिएको  छ । यसमा दुई लाख ९४ हजार ७४ मेट्रिक टन उत्पादन हुने गरेको  केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज […]

दाङ खाद्यान्नमा आत्मनिर्भर

काठमाडौँ,२९ पुष । दाङ खाद्यान्नमा आत्मनिर्भर बनेको छ । जिल्लामा उत्पादन हुने खाद्यान्नले यहाँका जिल्लावासीलाई पुगेर बचतसमेत हुने गरेको तथ्याङकले देखाएको छ । कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्का अनुसार जिल्लामा कूल ७५ हजार नौ सय ९१ हेक्टरमा खेती गर्ने गरिएको छ । यसमा दुई लाख ९४ हजार ७४ मेट्रिक टन उत्पादन हुने गरेको केन्द्रका कृषि […]

तरकारीखेतीबाट आत्मनिर्भर बन्दै दाङ धम्कापुरका थारु महिला

२२ फागुन, दाङ । तुलसीपुर उपमहानगरपालिका–१५ स्थित धम्कापुरका थारू महिला व्यावसायिक रुपमा तरकारीखेती गरेर आत्मनिर्भर बन्दै गएका छन् । तीमध्येकी एक हुन् ४२ वर्षीया स्यानी चौधरी । उनले व्यावसायिक रुपमा धनियाँखेती गरेर आत्मनिर्भर बन्नुका साथै आफूलाई सफल महिला किसानको रुपमा चिनाएकी छन् । आफूले उत्पादन गरेको धनियाँ बिक्री गर्न सधैं एकाबिहानै छिटुवामा बोकेर तुलसीपुरका घरघर […]

आत्मनिर्भर लघुवित्तको ६ करोड २४ लाख नाफा

दाङ- आत्मनिर्भर लघुवित्त वितीय संस्थाले आर्थिक वर्ष २०७७-०७८ को असार मसान्तसम्म ६ करोड २४ लाख ९२ हजार ४ सय २५ रुपैयाँ नाफा गर्न सफल भएको छ ।वितीय संस्थाले असार मसान्तसम्म १ अर्ब १८ करोड १५ लाख ९४ हजार ७ सय ९६ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका अध्यक्ष मिरा चौधरीले जानकारी दिइन् । संस्थाको १ अर्ब […]

खाद्यान्नमा आत्मनिर्भर दाङ

दाङमा उत्पादन हुने खाद्यान्नले स्थानीय माग धानेर बचत हुने गरेको पाएको छ ।यहाँ उत्पादन हुने खाद्यान्नले जिल्लाको खाद्यान्नको माग पूरा गरेर पनि बचत हुने गरेको कृषिको तथ्यांकले देखाएको छ । कृषि ज्ञान केन्द्र दाङको आर्थिक वर्ष २०७७÷०७८ को तथ्यांकअनुसार खाद्यान्न पुगेर पनि बचत हुने गरेको छ । जिल्लामा उत्पादन हुने सबै खाद्य वस्तु उपयोग गरेमा […]

मााछामा आत्मनिर्भर बन्दै दाङ

दाङ जिल्ला माछामा आत्मनिर्भर बन्दै गएको छ । केही वर्षअघिसम्म भारतबाट ल्याएर खपत हुने गरेको माछाको बजार अहिले आन्तरिक उत्पादनले बजार धान्न थालेको छ ।कुनै समय माछाका लागि अरु जिल्लाको भर पर्ने दाङले अहिले वर्षेनि करिब ६ सय मेट्रिक टन माछा उत्पादन गर्ने गरेको भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र दाङका मत्स्य विकास अधिकृत […]

दाङ खाद्यान्नमा आत्मनिर्भर

दाङ खाद्यान्नमा आत्मनिर्भर देखिएको छ । वार्षिक एक लाख १५ हजार १७९ मेट्रिक टन खाद्यान्न खपत हुँदै आएको दाङमा अहिले वार्षिक एक लाख २३ हजार ५८१ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ ।