पाल्पा : पाल्पामा ९४ प्रतिशत रोपाइँ भएको छ। धान उत्पादन हुने क्षेत्रमा रोपाइँ सकिए पनि बाढी–पहिरोले क्षति पुगेका खेतमा रोपाइँ गर्न ढिलाई भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए।स्थानीय तहबाट पछिल्ला समयमा तथ्यांक आउने क्रम जारी रहेको अर्यालले बताए। यो वर्ष ९६ प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ हुने उनले बताए।पाल्पामा ८ हजार ६२० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको थियो। यस वर्ष ८ हजार ७०० पुगेको अर्यालले बताए। गत वर्ष ३३ हजार ८१६ मेट्रिकटन धान उत्पादन भए