तत्कालीन वाम गठबन्धनले जाहेर गरेको कैलाली–कञ्चनपुर लक्षित  ‘प्रतिबद्धता’ कागजमै सीमित

मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनपछि चुनावी सरगर्मी बढेको छ । राजनीतिक दल तथा उम्मेदवारहरू चुनावी प्रचारप्रसारसँगै आ–आफ्ना प्रतिबद्धता सार्वजनिक गर्ने तयारीमा छन् । केहीले भने प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् । मतदातालाई प्रभावमा पार्न आकर्षक प्रतिबद्धतापत्र ल्याउने होड चलिरहेको छ ।२०७४ को निर्वाचनमा पनि दल तथा उम्मेदवारहरूले यस्ता प्रतिबद्धता ल्याएका थिए । आफूले चुनाव जितेपछि ५ वर्षको अवधिमा गरिने कार्यायोजनाहरु मतदातासमक