काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा हुने भएका छन्।उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाखको धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले लामिछानेलाई अनुमति नलिई देशबाहिर नजान पनि आदेश दिएको छ।लामिछानेको पुनरावेदनमाथि सुनुवाई सकिएपछि आज उच्च अदालतका न्यायाधीश नन्द र ढकालको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी दिनेश पौडेलले जानकारी दिए।आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै सन्दीपल