प्रधानमन्त्री केपी शर्मा ओलीले विघठित संसद पुनस्र्थापना भए पुनः देशमा तमासा सुरु हुने बताएका छन् । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संसद पुनस्र्थापना भयो भने प्रधानमन्त्री खोज्नुपर्ने, समीकरणमा अनेक खेल हुने, सांसद किनबेच हुने बताएका छन् । ‘यदि विघठित संसद पुनस्र्थापना भएमा देशमा तमासा सुरु हुनेछ,’ उनले भने,‘त्यसपछि प्रधानमन्त्री खोज्न, पार्टी खोज्न हिड्नुपर्छ, सासंद किनबेच, भागबण्डा, बिभिन्न समिकरणको खेल चल्ने छ ।’ संसद पुनस्र्थापनाका लागि अदालतमा परेको रिटबारे बाल्दै प्रधानमन्त्री ओलीले भने,‘अदालतले जस्तो फैसला गरेपनि हामीलाई कुनै छटपटी हुँदैन, हामी ध्यान देश बनाउने अभियानमा भएकाले जे भए पनि फरक पर्दैन ।’