काठमाडौँ प्रशासनले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गरिएका काम कारबाहीमा कुनै अवरोध नरहने जनाएको छ । प्रशासनबाट बिहीबार जारी आदेशको बुँदा नम्बर १ मा उल्लेखित विषयमा सार्वजनिकरुपमाा भएको चासो, चिन्ता र अभिव्यक्तिका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशासनले पूर्वसतर्कताका लागि मात्रै आदेश जारी गरिएको आज विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । बुँदा नम्बर १ मा कोभिड–१९ सङ्क्रमण कायमै रहेको हुँदा अनावश्यकरूपमा मानिस घरबाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा, जुलुस गर्ने, जात