ईश्वर पोखरेलको डकुमेन्ट : पुस ५ को कदमपछि पार्टीमा आकर्षण बढ्यो, पार्टी निर्माणका ५ सूत्र

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि पार्टीमा युवाहरुको आकर्षण बढेको दावी गरेका छन् ।२०७७ पुस ५ मा ओलीले प्रतिनिधिसभा विघटन भएपनि सर्वोच्चले उल्ट्याइदिएको थियो भने देशव्यापी रुपमा प्रतिगमन भएको भन्दै आन्दोलन भएको थियो । तर एमालेले पुस ५ को कदमलाई पार्टीमा युवा आकर्षण बढेको रुपमा ब्याख्या गरेको हो । यस्तै पोखरेलले आफ्नो सांगठनिक प्रतिवेदनमा सवल र सुदृढ पार्टी निर्माणका लागि ५ सूत्र अघि सारेका छन् ।

सम्बन्धित सामग्री

दरबारमार्गमा शुरू भयोओली पक्षीय नेकपाको आमसभा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले आयोजना गरेको बृहत् जनसभा काठमाडौंस्थित दरबारमार्गमा शुरू भएको छ । पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराउन र आगामी वैशाख १७ तथा २७ गतेका लागि तोकिएको चुनावका पक्षमा माहोल बनाउन सभा आयोजना गरिएको ओली पक्षको नेकपाका बागमती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए । सभामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल लगायतले सम्बोधन गर्दैछन् । ...