स्यानिटाइजर पिउँदा कैलालीमा एकजनाको मृत्यु

धनगढी : धनगढी उपमहानगरपालिका-१२ डी गाउँका टीकाराम बराइलीको स्यानिटाइजर पिउँदा मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार बराइलीले भदौ ९ गते स्यानिटाइजर पिएका थिए। उनको उपचारको शुक्रबार मृत्यु भएको हो।‘शुक्रबार अचानक टाउको दुखेपछि उपचारका लागि आफन्तले स्थानीय कालिका जनसेवा क्लिनिक एण्ड डिलासैनी मेडिकल जुगेडामा लगेका थिए,’ उनले भने, ‘औषधि उपचार र स्लाइन चढाएपछि ठिक भएको भन्दै घर लगिएको थियो। घरमा पुगेपछि स्वास्थ्यमा समस्या आएपछि साँझ