समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने कार्यक्रमअन्तर्गत पहिलो दिन प्रतिनिधि सभा तर्फ २ दलले मात्र बन्दसूची दर्ता गरेका छन् । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्ने पहिलो दिन प्रतिनिधिसभातर्फ नेपाल समावेशी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले बन्दसूची दर्ता गराएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । यस्तै प्रदेशसभातर्फ ३ वटा प्रदेश एक–एक वटा दलले बन्दसूची दर्ता गराएका छन् । प्रदेश नम्बर १ मा किराँत खुम्बुवान साझा पार्टी, मधेस प्रदे