जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले दक्षिण एसियाको हिमाली क्षेत्रमा नयाँ ढंगको शीतयुद्धको संकेत देखिएको बताएका छन् । जसपाको आफ्नो पक्षमा रहेका केन्द्रीय समितिको विस्तारित बैठकमा पूर्व प्रधानमन्त्री भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेपाल भूराजनीतिक रुपमा गम्भीर प्रकृतिको अवस्थामा भए पनि मूल राजनीतिक नेतृत्व स्पष्ट दृष्टिकोण, विचार र अडान नदेखिएको जनाएका छन् ।