मूल्यवृद्धि विरुद्ध उपभोक्ता जागरण अभियान नेपालद्वारा माइतीघरमा प्रदर्शन

काठमाडौं– उपभोक्ता जागरण अभियान नेपालले मूल्यवृद्धि विरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । अस्वभाविक मूल्यवृद्धिले उपभोक्ता मारमा परेको भन्दै मूल्यवृद्धिविरुद्धको जनचेतना अभिवृद्धि र सम्बन्धित निकायलाई खबरदारी गर्ने उद्देश्यले अभियानले शनिबार प्रदर्शन गरेको हो । उपभोक्ताको हित र अधिकारको पक्षमा निरन्तर अभियान चलाउँदै आएको उपभोक्ता जागरण अभियान नेपालले “अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर”, “बजार अनुगमन व्यवस्थित गर”, […]