नेकपा एकीकृत समाजवादी (एस) पार्टीले आगामी ३ महिनाभित्र वडा तहसम्म कमिटी गठन गरिसक्ने कार्ययोजना बनाएको छ ।
असोज ५–७ गतेसम्म भएको नेकपा एसको केन्द्रीय कमिटी बैठकले पारित गरेको २४ बुँदे तात्कालिक कार्ययोजना अन्तर पार्टी निर्देशनमार्फत तल्लो तहमा पठाइएको छ ।
कार्ययोजनामा संगठन विस्तारलाई मुख्य प्राथमिकतामा राखिएको छ । विविध कारणले नेकपा एसको पक्षमा सनाखत गर्न असमर्थ रहेका जनप्रतिनिधिलाई पार्टीमा प्रवेश गराउन, सहयोगी बनाउन तथा मित्रवत वातावरण निर्माण गर्न पहल गर्ने विषय पनि पार्टीको कार्ययोजनामा उल्लेख भ...