सम्पर्कविहीन १३ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह

काठमाण्डाै - नेपाल प्रहरीले सम्पर्कमा नरहेका १३ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । आफूखुशी कार्यालयको सम्पर्कमा नरहेका दुई हबल्दारसहित १३ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन नेपाल प्रहरीले आग्रह गरेको हो । आज सार्वजनिक सूचना निकालेर प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी प्रहरीलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन भनेको हो । हप्ता दिनभित्र सम्पर्कमा नआए उनीहरुलाई सेवाबाट हटाउने चेतावनी पनि प्रहरी प्रधान कार्यालयले दिएको छ । सूचना :

सम्बन्धित सामग्री

२२ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । एकजना हबल्दार, पाँचजना सहायक हबल्दार र १६ जना जवान लामो समयदेखि गैरहाजिर रहेको जनाइएको छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना प्रकाशित गरी गैरहाजिरी हुनाका कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र […]

२२ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह

काठमाडौं, साउन १०। नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । प्रहरी प्रधान कार्यालयले सूचना जारी […]

सात दिनभित्र सम्पर्कमा नआए २२ जना प्रहरीलाई सेवाबाट हटाइने

नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।