भैरहवा । बीमा रकम पाउने लोभमा श्रीमान र देवर मिलेर रुपन्देहीमा एक महिलाको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्लाको सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ की कुशुम लोधलाई उनँकै श्रीमान् र देवर मिलेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
बीमाको रकम आफूले पाउने लोभमा लोधका पति शैलेसकुमार लोध र देवर राजेशकुमार लोध मिलेर हत्या गरेको प्रहरीले उल्लेख गरेको छ। हत्याको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि यो रहस्य खुलेको हो। “घरायसी झैँ–झगडा र श्रीमतीको बीमासम्बन्धी विषयका कारण कुशुमको हत्या उहाँकै पति शैलैस...