पेनाल्टी सुटआउटमा स्पेन स्तब्ध, मोरक्को क्वार्टरफाइनलमा

गोलकिपर चम्किएपछि पेनाल्टी सुटआउटमा स्पेनलाई स्तब्ध पार्दै मोरक्को कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ । एजुकेसन सिटी रंगशालमा सम्पन्न प्रिक्वार्टरफाइनलमा विजेताको टुंगो पेनाल्टी सुटआउटमा भयो ।  स्पेनले लगातार...

सम्बन्धित सामग्री

असरफ हाकिमी : कठिनाईबाट उठेका स्टार

२२ मंसिर, काठमाडौं । भाग्यले बहादुरहरुलाई मात्र साथ दिन्छ । यो भनाइ असरफ हाकिमीको जीवनमा लागू भइसकेको सत्य हो । विश्वकप २०२२ को अन्तिम १६ मा स्पेन र मोरक्कोले १२० मिनेटसम्म गोलरहित बराबरी खेले । पेनाल्टी प्रहारका लागि जब पेरिस सेन्ट जर्मेइनका राइट ब्याक हाकिमीले बल लिए त्यो किक मोरक्को फुटबलका लागि इतिहास दोहोर्‍याउने क्षण […]

स्पेनलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै मोरक्को क्वाटरफाइनमा

स्पेन विश्वकप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ। मंगलबार राति भएको खेलमा स्पेन मोरक्कोसँग पेनाल्टी सुटआउटमा ३-० ले पराजित हुँदै प्रतियोगिताको नकआउट चरणबाटै बाहिरिएको हो। निर्धारित तथा अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउट बाट लिएको थियो। जहाँ स्पेनले सुरुवाती तीन पेनाल्टी सदुपयोग गर्न असफल हुँदा मोरक्कोले भने सुरुवाती ४ मध्ये ३ पेनाल्टी […]

नाटकीय पेनाल्टी सुटआउटमा स्पेनविरुद्ध मोरक्कोको जित

नाटकीय पेनाल्टी सुटआउटमा स्पेनविरुद्ध मोरक्को विजयी भएको छ । निर्धारित ९० मिनेट र अतिरिक्त समयको दुई १५ मिनेटपछि पनि मोरक्को र स्पेन बराबरी भएपछि राउन्ड अफ १६ खेलको निर्णय पेनाल्टी शुटआउटबाट गरिएको हो । पेनाल्टी शुटआउटमा मोरक्को तीनगोल गर्न सफल भयो भने स्पेनले कुनै गोल गर्न सकेन । मोरक्कन गोलकिपरले अनगिन्ती आक्रमणहरू सहित स्पेनका तीन […]

मोरक्को र स्पेनबीचको खेल पेनाल्टी सुटआउटमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकपको राउण्ड अफ १६ अन्तर्गत अहिले मोरक्को र स्पेनबीच खेल पेनाल्टी सुटआउटमा गएको छ । निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसके पछि खेल पेनाल्टी सुटआउटमा गएको हो । आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । मोरक्को समूह एफ को विजेता र स्पेन […]

स्पेन र मोरक्कोबीचको खेल अतिरिक्त समयमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत जारी मोरक्को र स्पेनबीचको खेल अतिरिक्त समयमा गएको छ । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको हो । अतिरिक्त समयमा पनि बराबर भएमा खेल पेनाल्टी सुटआउटमा जानेछ ।आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

अष्ट्रेलिया विश्वकपमा छनौट, अन्तिम टिमको टुंगो आज लाग्ने

अष्ट्रेलिया कतारमा हुने विश्वकपमा छनौट भएको छ । मंगलबार भएको प्ले अफ खेलमा पेरुलाई पेनाल्टीमा पराजित गर्दै अष्ट्रेलियाले विश्वकपमा स्थान पक्का गरेको हो ।निर्धारित ९० मिनेटको खेल बराबरी भएपछि पेनाल्टी मार्फत बिजेता छनौट गरिएको हो । पेनाल्टीमा ५-४ गोल अन्तरले अष्ट्रेलिया विश्वकपमा छनौट भएको हो । अब अष्ट्रेलिया विश्वकपको समुह डि मा रहने छ । उक्त समुहमा अष्ट्रेलियासंगै फ्रान्स , डेनमार्क , र ट्युनिसिया रहेका छन् । विश्वकपमा यो अष्ट्रेलियाको छैठौ सहभागिता हुने छ । तर हालसम्म अष्ट्रेलिया समुह चरणभन्दा माथि जान सकेको छैन । यस संगै अब विश्वकपमा छनौट हुने ३२ मध्ये ३१ टोलीको टुंगो लागेको छ । थप १ टिमको आज लाग्ने छ । आज राति नेपाली समय अनुसार ११:४५ बजे सुरु हुने कोस्टारिका र न्युजिल्यान्डबीचको विजेताले बाँकि रहेको अन्तिम स्थान हात पार्ने छ । यो खेलको बिजेता विश्वकपमा छनौट हुने अन्तिम तथा ३२ औ टिम बन्ने छ ।  विश्वकपको मुख्य प्रतियोगिता २१ नोभेम्बर २०२२ देखि १८ डिसेम्बर २०२२ सम्म कतारमा हुने छ। अरब देशमा पहिलो पटक विश्वकप हुन लागेकोहो भने एसियामा विश्वकप हुन लागेको यो दोस्रो पटक हो  । साथै जाडोयाममा विश्वकप हुन लागेको यो पहिलो पटक हो  । कतारको तापक्रमलाई मध्य नजर गर्दै जाडोयाममा विश्वकप हुन लागेको हो  । कुन देश कुन समुहमा ? समूह ‘ए’ :कतारनेदरल्यान्डसेनेगलइक्वेडरसमूह ‘बी’ :इङ्ल्यान्डअमेरिकाइरानवेल्ससमूह ‘सी’ :अर्जेन्टिनामेक्सिकोपोल्याण्डसाउदी अरेबियासमूह ‘डी’ :फ्रान्सडेनमार्कट्यूनिसियाअष्ट्रेलियासमूह ‘ई’ :स्पेनजर्मनीजापानकोष्टारिका/न्यूजिल्याण्डसमूह ‘एफ’ :बेल्जियमक्यानडाक्रोएसियामोरक्कोसमूह ‘जी’ :ब्राजिलस्वीटजरल्यान्डसर्बियाक्यामरूनसमूह ‘एच’ :पोर्चुगलउरुग्वे दक्षिण कोरियाघाना