डडेल्धुरा : टी–२० सिरिजको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारलाई १ सय ३० रनको लक्ष्य दिएको छ।दोहास्थित वेस्टएन्ड पार्क स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनायो।नेपालका लागि कप्तान रुविना क्षत्रीले अर्धशतकीय पारी खेलिन्। उनले ४८ बलमा ४ चौका र १ छक्कासहित ५० रन बनाइन्।यो उनको पहिलो टी–२० अर्धशतक हो। यससँगै उनी नेपालबाट टी–२० अन्तरराष्ट्रियमा अर्धशतक बनाउने पहिलो महिला कप्तानसमेत बनेकी छन्।नेपालका लागि ट