मतदाता शिक्षामा खटाइएकाहरु गाउँ पसेनन्

धादिङ – धादिङका ग्रामीण भेगमा  मतदाता शिक्षामा खटाइएकाहरु गाउँतिर नगएकाे गुनासाे सुनिने गरेकाे छ । राजनितिक दलका प्रतिनिधिहरु मात्र गाउँ आएको तर मतदाता शिक्षाका लागि खटाइएकाहरु गाउँतिर नआएको मतदाताहरुले बताएका छन् ।  महिला स्वस्थ्य स्वयंसेविकामार्फत मतदाता शिक्षा सञ्चालन गर्ने भने पनि महिला स्वास्थ्य स्वयंसेविकाहरु आफूले समर्थन गरेको पार्टीको लागि मत माग्दै गाउँ हिडेको गाउँवासीको आरोप छ। उत्तरी धादिङको रुबी भ्याली, खनियाबास, नेत्रावती डबजोङ ज्वालामूखी गाउँपालिकाहरुमा महिला स्वास्थ्...