राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण सम्पन्न भएको गौतम बुद्ध विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान ठप्प छ । वैदेशिक रोजगारीको गन्तव्यमा उडान सुरु भए पनि आवश्यक प्रक्रिया पूरा गर्न भने संघीय राजधानी पुग्नैपर्ने अवस्थाले यात्रुको चाप आफैं कम भएको छ । त्यसमाथि खराब मौसममा अवतरण गराउने प्रणाली सञ्चालनमा भारतले असहयोग गर्दा हिउँदका लागि उडान नहुने स्थिति छ ।