बढ्दै घोडाघोडीको महिमा

जैविक विविधतासँगै धार्मिक रूपमा समेत घोडाघोडीको महिमा बढ्दै गएको छ । महाशिवरात्रिका अवसरमा कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा रहेको शिव मन्दिरमा दिनभर देखिएको भीडले यसको महिमा बढ्दै गएको पुष्टि हुने स्थानीय बताउँछन् ।

सम्बन्धित सामग्री

बाघको आक्रमण र व्यवस्थापन

वनजंगलको महिमा ठूलो रहे तापनि त्यही वनमा आश्रित जंगली जनावरको आक्रमणले घातक बनाइरहेको छ । विशेष गरी तराईका विभिन्न भाग तथा पहाडी जिल्लाहरूमा बाघ, हात्ती, गैंडाको आक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ । नेपालमा विभिन्न प्रजातिका बाघहरू पाइन्छ । बाँके, बर्दियामा तीन वर्षको अवधिमा बाघको आक्रमणबाट झन्डै ३० भन्दा बढीको ज्यान गएको छ । बाघको आक्रमण […]

सामाजिक–सांस्कृतिक महत्त्वको विशिष्ट पर्व

झिलीमिली बत्ती, बारीमा ढकमक्क फूलेका फूल, सप्तरंगी टीका, सफा र चिटिक्क घरआँगन, लिंगे पिङको चचहुई, कामविशेषले बाहिर रहेकाहरू घर फर्किएपछिको भेटघाट, एउटा बिछट्टको उत्सवमय माहोल... । यो परिदृश्यबाट सबैले सम्झने पर्व हो तिहार । वर्षमा हरेक दिनजसो कुनै न कुनै पर्व पर्ने नेपाली समुदायमा तिहार आफ्नै विशिष्टता र गरिमा बोकेको चाड हो । हिन्दू धर्मावलम्बीले धूमधामसँग मनाउने गरे तापनि सामाजिक सांस्कृतिक रूपमा तिहारले सबै जाति, समुदाय र धर्मावलम्बीलाई जोडेको छ । आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाट र शुभकामना आदन–प्रदानबाट आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्ने यो पर्वले सबैलाई अपनत्व महसूस गराएको पाइन्छ । दीप (बत्ती)हरूको पर्व भएकाले तिहारलाई दीपावली पनि भनिन्छ । भारतमा यस पर्वलाई दिवालीको रूपमा भव्यसँग मनाइन्छ । यसबाहेक भुटान, म्यान्मा, थाइल्याण्डका साथै नेपाली समुदायको बसोवास रहेको सबैजसो मुलुकमा उत्तिकै महत्त्वको साथ मनाइन्छ । देशअनुसार यसलाई मनाउने तरिकामा भिन्नता पाइन्छ । नेपालमै पनि समुदाय विशेषले यो पर्वलाई आफ्नै रीतिरिवाज र चलनअनुसार मनाउँछन् । धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक, व्यावसायिक लगायत कुनै न कुनै दृष्टिकोणबाट सबै जाति, भौगोलिक परिवेश र समुदायलाई जोड्ने भएकाले तिहारलाई नेपालको राष्ट्रिय पर्व मान्न सकिन्छ । तिहार रङ र फूलहरूको पर्व पनि हो । सयपत्री, मखमली, गोदावरी लगायत फूल तथा रङहरूले मानिसको मनमा खुसीयाली र उमंगको सञ्चार गराउँछ । पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्ने, सेलरोटी, अनरसा आदि पक्वान्नसहित विभिन्न फलफूल तथा मिष्ठान्न खाने, दिदीबहिनीका हातबाट सप्तरंगी टीका लगाउने लगायत गतिविधि तिहारका पारम्परिक विशेषता हुन् । धन्वन्तरि जयन्ती, धनतेरसको रौनक तिहारको पहिलो दिन (कागतिहार) वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा धन्वन्तरि जयन्ती मनाइन्छ । वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिएका धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । यसैगरी धनतेरस विशेषगरी मधेशी एवं मारवाडी समुदायमा बढी प्रचलित छ । यस दिन नेपालको विशेषगरी तराई र भारतमा नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । त्यस क्षेत्रमा समाजका उच्च, मध्यम वा निम्न सबै वर्गका मानिस आफ्ना आवश्यकता र विलासिताका कतिपय महत्त्वपूर्ण चिजबिजको किनमेलका लागि वर्षभरि यही दिनको प्रतीक्षा गर्छन् । पछिल्ला वर्षहरूमा यो चलन नेपाल शहरी तथा बजार क्षेत्रमा समेत बढ्दै गएको पाइन्छ । जनावरदेखि म्हः पूजा र भाइटीकाको महत्व तिहारका पाँच दिनमा क्रमशः काग, कुकुर, गाई तथा लक्ष्मी, गोवद्र्धन (नेवारी समुदायमा म्हः पूजा) र भाइपूजा गरिन्छ, जसको आफ्नै महत्त्व र महिमा छ । जनावरदेखि मानवसम्मको पूजा हुनु तिहारको अद्वितीय पक्ष हो । यस पर्वले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि ज्वलन्त बनाउँछ । तिहारमा काग, कुकुर, गाई, गोरुको पूजा गर्नुले यिनीहरूको काम र गुणको कदर तथा सम्मान व्यक्त गर्दछ । तिहार धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गर्ने पर्व समेत हो । लक्ष्मीलाई धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीकको रूपमा पूज्ने गरिन्छ । तिहारको तेस्रो दिन लक्ष्मीपूजा गरेपछि भैलो र तिहारको चौथो दिन गोवर्द्धन पूजापछि द्यौसी खेल्न शुरू गरिन्छ । यसै दिन नेवारी समुदायमा म्हः पूजा गरिन्छ । म्हः पूजा यो समुदायको मौलिक पर्व हो । म्हःको शाब्दिक अर्थ देह अर्थात् शरीर हो । यसर्थ म्हः पूजा आफ्नै देहको पूजा हो । आफूले आफूलाई चिन्ने, म नै सर्वश्रेष्ठ हो भनेर स्वीकार्ने पर्व हो म्हः पूजा । त्यसैले आफ्नो सम्मान गर भन्ने हेतुले म्हः पूजा गरिन्छ । म्हः पूजा आफ्नो क्षमता, परिश्रम र मेहनतको पूजा पनि हो । शरीरमा शान्ति नभई सर्वत्र शान्ति नहुने विश्वास अनुरूप म्हः पूजाको दिन अष्ट चिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ । सोही मण्डपमाथि विभिन्न खाद्यवस्तु राखेर आफैले आफैलाई खुवाइने प्रचलन छ । म्हः पूजाकै दिनदेखि नेपाल संवत्को नयाँ वर्ष पनि शुरू हुन्छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए । तिहारको अन्तिम दिन भाइटीकाको पनि विशेष महत्त्व रहिआएको छ । यस दिनले दिदीबहिनी र दाजुभाइबीचको प्रगाढ सम्बन्धको महत्त्व प्रतिविम्बित गर्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइको पूजा गर्ने विधि, आवश्यक पर्ने सरसामग्री र प्रयोग गरिने रङले यसलाई विशेष बनाएको हो । तेल र पानीले छेक्नुपर्ने, बिमिरो लगायत अमिला जातको फलफूल आवश्यक पर्ने, ओखर फुटाइने, एकैपटक सातथरी रङ लगाउने, मखमली माला लगाइने, मसाला, रोटी लगायत मीठा खानेकुरा खाइने आदिजस्ता चलनले पनि भाइटीकालाई जीवन्त बनाएको छ । भाइटीका अर्थात् कात्तिक शुल्क द्वितीयकाको दिन चित्रगुप्त दिवस समेत मनाइन्छ । ब्रह्माको अंशबाट उत्पन्न भएको मानिने चित्रगुप्त यमराजका सहयोगीको रूपमा रहेको पौराणिक कथन पाइन्छ ।

धर्मले मानिसलाई अनुसासित बनाउछ

काठमाडाैं । धर्मले मानिसलाई निश्चित परिधिमा बाँधेर राख्ने गर्छ । जसले गर्दा पनि मानिस अनुशाषित हुन्छन् । धर्मले नै मानिसलाई ज्ञानी र आम विश्वासी पनि बनाउँछ । पछिल्लो समयमा भागवत गिता अध्ययन गर्नेहरु पनि बढेका छन् । खासगरी पश्चिमा मुलुकका अध्येताहरु गीता खोजीखोजी अध्ययन गर्छन् । गीताको महिमा किन बढ्दै गएको छ ? अख्तियार दुरुपयोग […] The post धर्मले मानिसलाई अनुसासित बनाउछ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पितृसम्मानको अपरम्पार महिमा

यही भदौ २२ गते हामी हिन्दु धर्मावलम्बीहरू कुशे औँसी अर्थात् पितृ औँसी मनाउँदैछौँ । भनिन्छ कि मरेपछि खीरको पिण्डभन्दा बाँचुन्जेल तातो ढिँडो पेटभरि दिने पुत्रहरू नै असल हुन् । आफू मोजमस्तीमा रमाउने तर वृद्ध आमाबाबु नर्कतुल्य थलोमा बस्नु पर्ने बाध्यता पनि देखिने गरेको छ । पश्चिमा शैलीका वृद्धाश्रमहरूको सङ्ख्या बढ्दै गएको छ । पुर्ख्यौली सम्पतिमा […]

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या बढ्दो

ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या विगतका वर्षमा भन्दा बढ्दै गएको छ । गत महिना नाउर गणनाको तथ्याङ्कले यसको सङ्ख्या बढ्दो देखाएको हो । गत महिमा विश्व वन्यजन्तु कोष र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहकार्यमा नाउरको गणना भएको थियो । गणनामा कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र एक हजार ४२१ सङ्ख्यामा नाउर रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यालय …

अखिल नेपाल युवक संघ रुपन्देहीको अध्यक्षमा योगी

टेकराज भुसाल, बुटवल । अखिल नेपाल युवक संघ रुपन्देहीको प्रथम जिल्ला भेला बुटवलमा सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले हरि योगिको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समितिको चयन गरेको छ। जसको उपाध्यक्षमा ज्ञामुध्वज मल्ल, सचिवमा कृष्ण जिसी, कोषाध्यक्षमा मिलन पोख्रेल रहनुभएको छ भने सदस्यहरुमा हरिलाल नेपाली, दिपक बस्नेत, दुर्गादेवि काउछा, महिमा भुसाल, यमबहादुर क्षेत्री, कृष्ण आचार्य र अजित ज्ञवाली चयन हुनुभएको छ । भेलाको उद्घाटन गर्दै अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पाण्डेले नेपालमा समृद्धीको बाधक भ्रष्टाचार भएको बताउनुभयो । उहाँले अदालत, मालपोत नगरपालिकालगायत सरकारी कार्यालयहरुमा भ्रष्टाचार बढ्दै गएको भन्दै भ्रष्टाचार रोक्न सचेत युवाहरु एक भएर लाग्नुको विकल्प नरहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका रुपन्देही जिल्ला अध्यक्ष बद्रे आलम, नेकपा (मसाल) का प्रवक्ता नारायण जिसी, कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल उद्योग व्यापार संघका अध्यक्ष ढुण्डिराज शर्मा, महिला संघकी जिल्ला अध्यक्ष भानु जिसी, अन्टुकका लोकराज भुसाल, अखिल (छैठौं) रुपन्देहीका अध्यक्ष सरोजमान सिंह, राजमो क्षत्रीय कोषाध्यक्ष गणेश गौतम लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम हरि योगिको अध्यक्षता र मिलन पोख्रेलको सञचालनमा सम्पन्न भएको थियो ।