आर्मी र गण्डकीबीचको खेल पुनः स्थगित

पोखरा (हाम्रो खेलकुद) – लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको खेल पुनः स्थगित भएको छ । लाइट प्रोटेस्टका कारण शनिबार पनि स्थगित भएको खेल आइतबार पनि स्थगित हुन पुगेको आयोजक नव आदर्श सामुदायिक विकास समाजले जनाएको छ । पोखरामा […]

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेल : उपाधिका लागि आर्मी र पुलिस भिड्दै

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिताको फाइनल खेल आज शुक्रबार हुँदैछ । कीर्तिपुरस्थित टियु मैदानमा हुने फाइनलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र पुलिसबीचको खेल दिउँसो १ः१५ बाट सुरु हुनेछ । आर्मी र सदुरपश्चिम प्रदेशबीच पहिलो सेमिफाइनल रद्द भएपछि समूह चरणको उत्कृष्ट नतिजाका […]

खेल रद्द हुँदा आर्मी फाइनलमा

विभागीय टोली  त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार तय सुदूरपश्चिम विरुद्धको पहिलो सेमिफाइनल खेल रद्द भएपछि आर्मी फाइनल पुगेको हो ।  त्रिवि क्रिकेट मैदानमा खेल रद्द भएपछि समूह चरणको उत्कृष्ट नतिजाका आधारमा आर्मी उपाधि नजिक पुगेको हो ।  आर्मी समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सुदुरपश्चिम समूह ‘बी’ को उपविजेता बनेको थियो । जारी प्रतियोगितामा यो रद्द भएको १७ औं खेल हो ।  अब आर्

खेल रद्दसँगै आर्मी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा फाइनलमा पुगेको छ । टियु क्रिकेटमा बिहीबार हुनुपर्ने पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिमसँगको खेल भिजेको आउटफिल्डको कारण खेल हुन नसक्ने भएपछि आर्मी समूह ए को विजेताको कारण फाइनलमा पुगेको हो । खेल बिहान ९ : १५ मा टियु क्रिकेट मैदानमा हुनुपर्ने हो । […]

आर्मी क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल आर्मी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । एक खेल जित्दै आर्मी क्वाटरफाइनलमा पुग्न सफल भएको हो । समूह ‘बी’ को लिग खेलमा आर्मीले शंकरदेव क्याम्पसलाई ११३–५६ ले पराजित ग¥यो । आर्मीका सौरव श्रेष्ठ र शंकरदेवका राजेश ठकुरीले समान १८ अंक […]

आर्मी र हिमालयन शेर्पाबीचको खेल बराबरी

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज बुधवार भएको खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबबीचको खेल बराबरीमा सकिएकाे छ । सातदोबाटोकाे एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा भएको खेलमा आर्मी र हिमालयन शेर्पाले एक–एक गाेलकाे बराबरी खेलेका हुन् ।  खेलको २६ औँ मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ६५ औँ मिनेटमा हिमालयन शेर्पाका मुताम्बा पिस्टोनले गोल गर्दै खेललाई एक–एक गो...

आर्मी र एपीएफबीचको खेल बराबरी

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सुरुआत भएको सातौँ चरणको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा टुङ्गिएको छ ।   त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली एपिएफसँग १–१ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोली खेलको दोस्रो हाफमा एक एक गोल गरे । खेलको ६३ औँ मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्

त्रिभुवन आर्मी र किर्गिस्तानबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरी

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब र किर्गिस्तानको यु–२३ टोलीबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केही बेरअघि सम्पन्न खेलमा नेपाल र किर्गिस्तानको यु–२३ टोलीले निर्धारित समयमा गोल गर्न सकेनन् । त्रिदेशीय फुटबल प्रतियोगिता खेल्न नेपाल आएको किर्गिस्तानको यु–२३ टोलीले आर्मी क्लबसित मैत्रीपूर्ण खेल खेलेको हो । दुवै टोलीबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । दुवै टोलीले गोल गर्ने मौका पाए पनि सफल भने हुन सकेनन् । खेलको पहिलो मिनेटमा नै आर्मीका नवयुग श्रेष्ठले गोलपोष्टमा हानेको बल किर्गिस्तानका गोलकिपर प्रिएदकिन अर्तेमले रोके । यस्तै खेलको २६औँ मिनेटमा किर्गिस्तानका तर्फबाट अभिलोभ अर्नाजले गोल गर्ने उत्कृष्ट मौका गुमाए । मध्यान्तरअघिको खेल सकिनै लाग्दा आर्मीका विवेक बस्नेतले गोल गर्ने प्रयास गरेका थिए । तर उनी गोल गर्नबाट चुके । यसैगरी खेलको ७३औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठ गोल गर्नबाट वञ्चित भए । यस्तै किर्गिस्तानले खेलको ८६औँ मिनेटमा गोल गर्ने मौका पाएको थियो । उक्त प्रयास असफल भयो । मध्यान्तरपछिको खेलमा पनि दुवै टोलीबाट गोलका प्रयास भएका थिए । किर्गिस्तान त्रिदेशीय प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा किर्गिस्तान बंगलादेशसँग १–० गोलअन्तरले पराजित भएको थियो । आफ्नै खेलाडीले आत्मघाती गोल गरेपछि किर्गिस्तान पराजित हुन पुगेको हो । नेपालले किर्गिस्तान र बंगलादेशसित गोलरहित बराबरी खेलेको थियो । नेपालले अब सोमबार बंगलादेशसँग दशरथ रंगशालामा फाइनल खेल खेल्ने छ । उक्त खेल साँझ ५ बजेर ३० मिनेटमा सुरु हुने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

आर्मी क्लब र किर्गिस्तान टीमबीचको आजको फुटबल खेल निःशुल्क हेर्न पाइने

काठमान्डाैं / त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो । त्रिभुवन आर्मीका जर्जप्रीन्स कार्कीको कप्तानीमा दिउँसो ३ः३० बजे हुने उक्त खेल रङ्गशाला पुग्ने जोसुकैले निःशुल्क हेर्न सक्ने... The post आर्मी क्लब र किर्गिस्तान टीमबीचको आजको फुटबल खेल निःशुल्क हेर्न पाइने appeared first on Purbeli News.

महिला लिगमा एपीएफ र त्रिभुवन आर्मी क्लबबीच अन्तिम खेल हुँदै

काठमाण्डाै - राष्ट्रिय महिला लिग फुटबलमा आज अन्तिम खेल हुँदैछ । दिउँसो २ बजे दशरथ रङ्गशालामा एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेल हुँदै छ । एपीएफले लिगको उपाधि जितिसकेको छ भने आर्मी उपविजेता बनिसकेको छ ।  डबल राउण्ड रोबिनको आधारमा सुरु भएको खेलमा ७ समूह सहभागी भएका थिए । प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ, दोस्रोले ८ लाख रुपैयाँ, तेस्रोले ५ लाख रुपैयाँ र चौथो हुनेले ३ लाख रुपैयाँ पाउनेछन् ।  यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर र विधागत उत्कृष्ट खेलाडीले जनही ५० ...