नरैनापुर आसपासका क्षेत्र जलमग्न

मंगलबार देखिको भएको लगातार वर्षाका कारण बाँकेको नरैनापुर आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन् । मुख्यगरी नरैनापुरको वडा नं. १ बनिया गाँउ, ४ को घोडदौरिया, ५ को जमुनहा–६ को दोदरा क्षेत्रमा रहेका घरहरूका पानी पसे पछि जनजीवन प्रभावित बनेको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।गाउँपालिका अध्यक्ष शाहले वर्षाले नरैनापुर आसपासका विभिन्न वडाहरू जलमग्न हुनुका साथै दर्जनौँ बढी घरमा पानी पसेको जानकारी दिए । उनले भन्नुभयो,“विभिन्न ठाउँबाट घरमा पानी पसेको गुनासो आइरहेको छ यकिन तथ्याङ्क

सम्बन्धित सामग्री

बाँकेको नरैनापुर आसपास क्षेत्र जलमग्न, जनजीवन प्रभावित

बुधबारदेखिको लगातार वर्षाका कारण बाँकेको नरैनापुर आसपासका विभिन्न क्षेत्र जलमग्न भएको छ । मुख्यगरी नरैनापुरको १ बनिया गाँउ, वडा ४ को घोडदौरिया, वडा ५ को जमुनहा, वडा ६ को दोँदरा क्षेत्रमा रहेका घरमा पानी पसेपछि जनजीवन प्रभावित बनेको छ । सो क्षेत्रका स्थानीय जनप्रतिनिधिहरुले स्थलगत अनुगमन गरेको गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो ।