सिरक डसना बनाएरै दैनिक १५ हजार कमाइ

म्याग्दी : जिल्लाको बेनी नगरपालिका-२ बगरफाँटको खहरेखोलामा बिहीबार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सिरक डसना बनाउन पुराना कपडाको भारी बोकेर आउने मानिसहरुको भिड नै लाग्यो।तीन जना धुनिया (सिरक, डसना, तकिया बनाउने मान्छे) ले ट्याक्टरमा पुराना कपडा पेलेर कपास निकाल्ने मेसिन जडान गरी बगरफाँटमा आएपछि सिरक, डसना बनाउने मानिसहरुको भिड लागेको थियो।रौतहटका बद्रीराम मण्डल, श्याम सोहनी र निकेश गुप्ताले साँझसम्म मेसिनबाट कपडा पेलेर कपास निकाली सोही कपासबाट विभिन्न व्यक्तिका ४५ वटा नयाँ सिरक डसना बनाए।७ किलो&nb