निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका सन्दर्भमा व्यक्ति, निकाय तथा अधिकारीलाई आजदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न जारी भएको निर्वाचन आचारसंहिताको पूर्णरूपमा पालना गर्न÷गराउन आयोगले सम्पूर्ण निर्वाचन सरोकार पक्षलाई निर्देश गरेको छ ।