रुपन्देहीका गाउँपालिका अध्यक्ष माओवादी प्रवेश, मधेशवादी पार्टी विदेशीले बनाएको प्रचण्डकाे आरोप

बिहीबार खुमलटारस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा टीका लगाएर शुक्ला पार्टी प्रवेश गर्नुभएको हो । वडाध्यक्ष श्रवणकुमार यादवसहित जनप्रतिनिधि र राजनीतिक कार्यकर्ता पार्टी प्रवेश गरेको अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

एमाले प्रवेश गरेका गाउँपालिका अध्यक्ष माओवादीमै फर्किए

काठमाडौँ- पित्तबहादुर डल्लाकोटी नेकपा माओवादी केन्द्रमा नै फर्किएका छन् । धादिङ बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष निर्वचित पित्तबहादुर डल्लाकोटी नेकपा एमाले प्रवेश गरेका थिए । उनी एमाले प्रवेश गरेको चौबीस घण्टा नबित्दै माओवादीमै फर्किएका हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्ष निर्वाचित डल्लाकोटी १५ वर्ष अघि एमालेबाट माओवादी प्रवेश गरेका थिए । ओलीबाट टिका […]

माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष एमाले प्रवेश

नेकपा माओवादी केन्द्रबाट धादिङ बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष अध्यक्ष पित्तबहादुर डल्लाकोटी नेकपा एमाले प्रवेश गरेका छन्। सोमबार डल्लाकोटी ओली निवास बालकोटमा आयोजित एक कार्यक्रमका वीच एमाले प्रवेश गरेका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित डल्लाकोटी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टिका लगाएर प्रवेश गरेका हुन्। कुनै बेला एमाले पार्टीमा आवद्ध भई काम गरेका डल्लाकोटी पुनः एमालेमै प्रवेश गरेका हुन्। माओवादी प्रवेश गरेको १५ वर्षपछि एमालेमै फर्किएका छन्।

सम्मरीमाई गाउँपालिका अध्यक्ष शुक्ला माओवादी प्रवेश

न्युज अफ नेपाल, काठमाडौं । रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला, वडाध्यक्ष श्रवणकुमार यादव माओवादी केन्द्र प्रवेश गरेका छन् । उनलाई बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । शुक्ला तत्कालीन फोरम लोकतान्त्रिक र यादव नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।शुक्ल यसअघि साविकको नेकपामा प्रवेश गरेका थिए । केही समयपछि नै उनले […]

सम्मरिमाई गाउँपालिका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

रुपन्देहीको सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट टीका लगाउँदै शुक्ला पार्टी प्रवेश गरेका हुन् । वडाध्यक्ष श्रवणकुमार यादवसहित जनप्रतिनिधि र राजनीतिक कार्यकर्ता पार्टी प्रवेश गरेका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट निर्वाचित शुक्ला त्यसपछि नेकपा एमाले प्रवेश गरेका थिए । एमालेपछि जनमत पार्टी प्रवेश गरेका शुक्ला बिहीवार माओवादी प्रवेश गरे...