अमेरिकामा गोलीकाण्ड हुँदा बालकसहित ४ जनाको मृत्यु

अमेरिकाको लस एन्जिलिसमा बुधवार एक कार्यालय भवनमा गोलीकाण्ड हुँदा एक बालक सहित चारजनाको मृत्यु भएको छ ।  प्रहरीसँग गोली हानाहान गरेको आरोपितलाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।    अरेन्ज सिटीमा भएको रक्तपात एक महिनामा अमेरिकामा भएको तेस्रो हिंस्रक गोलीकाण्ड हो । आरोपितले किन गोलीकाण्ड मच्चाएका हुन् भन्ने विषयमा अधिकारीहरूले खुलाएका छैनन् ।  अरेन्ज प्रहरी विभागकी लेफ्टिनेन्ट जेनिफर अमातले प्रहरी अधिकारीहरू घटनास्थलमा बेलुका साढे ५ बजे पुगेको र त्यतिखेर गोली चलेको अनि आरोपितसँग गोली हा...