झापा– सुनसरीको इटहरीमा रहेको राजश्व अनुसन्धान कार्यालयले झापाको बिर्तामोडमा रहेको एउटा कपडा पसलमा छापा मारेपछि व्यापारीले बिहीबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। बिर्तामोडमा रहेको साह कपडा पसलमा राजश्व अनुसन्धान कार्यालयले बिहीबार छापा मारेको थियो। पसलमा बच्चा मात्र रहेको अवस्थामा उक्त कार्यालयले छापा मारेर पसलमा सिलबन्दी गरेकोमा बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्वमा सडक अवरुद्ध गरेको संघका […]