काठमाण्डाै - आज पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् ।
प्रदेश नम्बर १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । यस्तै, हिमाली र उच्च पहाडी जिल्लामा हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो ।
आज काठमाण्डौको अधिकतम् तापक्रम लगातार घट्न थालेको छ । अस्ति १६ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाण्डौको अधिकतम् तापक्रम हिजो १५ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । आज न्यूनतम् ...