गण्डकी प्रदेशमा सवारी जरिवाना शुल्क आजबाट लिइने

पर्वत : गण्डकी प्रदेशमा नौ दिनसम्म नलिइएको सवारीको जरिवाना शुल्क आजबाट लिइने भएको छ।सवारीको जरिवानामा अघिल्लो आर्थिक वर्षमा रहेको ३२ प्रतिशतबाट बढाएर आर्थिक वर्ष २०७०÷८० सुरु भएसँगै दुई सय प्रतिशत बनाएपछि सर्वत्र विरोध भएको थियो। आर्थिक ऐनको अस्पष्टताकाका प्रदेशले गत साउन ८ गतेदेखि १७ गतेसम्म सवारी नवीकरणबापतको कर तथा जरिबाना नै लिएको थिएन।आर्थिक ऐन २०७९ ले करको दर तोकेको भए पनि जरिवानाको बारेमा उल्लेख नगरेको तथा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ मा व्याकरणीय र कानुनी भाषामा रहेक