५० हजार मेट्रिक टन मल खरिदका लागि बोलपत्र आह्वान

कृषि सामग्री कम्पनीले ५० हजार मेट्रिक टन रासायनिक मल खरिदका लागि बोलपत्र आह्वान गरेको छ ।

सम्बन्धित सामग्री

३० हजार टन मल आयात गर्न पुनः टेन्डर आह्वान

१ साउन, काठमाडौं । सरकारले ३० हजार रासायनिक मल आयात गर्न मंगलबार पुनः बोलपत्र आह्वान गरेको छ । कृषि सामाग्री कम्पनी लिमिटेडका सूचना अधिकारी पून्यप्रसाद उपाध्यायका अनुसार पहिलो पटक टेन्डर आह्वान गर्दा रासायनिक मल आयात गर्न …

यसपालि पनि धान रोप्ने बेला रासायनिक मल अभाव

काठमाडौं ।  धान रोप्ने बेला रासायनिक मल नपाउने समस्या यसपालि पनि दोहोरिने निश्चितजस्तै भएको छ । यसपटक धानबालीका लागि ९० हजार मेट्रिक टन रासायनिक मल अपुग हुन सक्ने अनुमान गरिएको हो । चालू आर्थिक वर्षको बजेटबाट खरीद गरिने रासायनिक मल समयमा नआइपुग्दा अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि धानबालीका लागि मल अभाव हुने निश्चितजस्तै देखिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रमुख बालीधानका लागि मल अभाव हुन सक्ने देखिएको बताएको छ । धानको बीउ राख्नेदेखि रोपाइँ गर्ने बेलासम्म करीब १ लाख मेट्रिक टन युरिया र ५० हजार टन डीएपी आवश्यक पर्छ । त्यसपछि टप ड्रेसिङका लागि फेरि छुट्टै ६० हजार टन युरिया र ३० हजार टन डीएपी चाहिन्छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार सरकारले चालू आर्थिक वर्षमा मल खरीदका लागि बजेट भाषण र थप स्रोत सुनिश्चिततामार्फत ३१ अर्ब रुपैयाँ छुट्ट्याएको थियो । उक्त बजेटबाट कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत भारतसँग जीटुजी प्रक्रियाबाट ३० हजार टनसहित ३ लाख ३१ हजार ५ सय टन मल किन्ने व्यवस्था भइसकेको छ । त्यसमध्ये २ लाख ३७ हजार ५ सय टन मल आयात भएको छ । ९४ हजार टन आयात गर्न बाँकी छ । यसले गर्दा धान रोप्ने सिजनमा मल अभाव हुन सक्ने संकेत देखिएको उनले बताए । हाल कृषि सामग्री कम्पनी लिमिटेडसँग ५२ हजार टन युरिया, ४ हजार टन डीएपी र ५ सय टन पोटास मल मौज्दात छ । २० हजार टन डीएपी नेपाल भित्रिने क्रममा छ । २० हजार टन युरिया पनि आयातको पाइपलाइनमा छ । साल्ट ट्रेडिङ कर्पोरेशनसँग २७ हजार टन युरिया र १८ हजार टन डीएपी मौज्दात छ । यो सबै मल चैतेधान र मकै बालीका लागि ठिक्क हुने भएकाले वर्षेबालीका लागि थप मल आवश्यक पर्ने कृषि कम्पनीका खरीद विभाग प्रमुख राजेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार गतवर्षको मागलाई आधार मान्ने हो भने त्यसअनुरूप मल ल्याउन नसके जेठ र असारमा मल अभाव हुने पक्का जस्तै छ । ‘यद्यपि रोकिएको मल समयमा ल्याउन सकेमा र सरकारले पछिल्लोपटक स्रोत सुनिश्चित गरेको ७ अर्ब ५० करोड रुपैयाँबाट पनि समयमै मल खरीद प्रक्रिया अघि बढाउन सके अभाव टार्न सहज हुनेछ,’ उनले आर्थिक अभियानसँग भने । कम्पनीले आगामी आर्थिक वर्षमा विनियोजन हुने बजेटबाट २५ हजार टन डीएपी र ३० हजार टन युरियाका लागि टेन्डर आह्वान गरिसकेको छ । सोही परिमाणको अर्को खेपका लागि बोलपत्र आह्वान गर्ने प्रक्रियामा कम्पनी छ । साल्ट ट्रेडिङले गतवर्षको बजेटबाट टेन्डर प्रक्रिया पूरा भएको ५० हजार र २७ हजार टन युरियाका साथै २० हजार टनको तीनओटा टेन्डरबाट मल ल्याउन नसकेपछि मल अभाव देखिन गएको हो ।

भारतबाट मल किन्ने तयारी ‘अक्टोबरमा सम्झौता हुन्छ’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्ष २०७८/७९ देखि नै भारतसँग सरकार–सरकार (जीटुजी)मार्फत रासायनिक मल खरिद गर्ने तयारी थालेको छ । कृषि मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्य नेतृत्वको एक टोली भारतको दिल्ली गएर जीटुजीमार्फत मल ल्याउने विषय टुङ्गो लगाएको छ । सचिव आचार्यका अनुसार शुक्रबार गएर त्यहाँका केमिकल तथा फर्टिलाइजर मन्त्रालसँग छलफल गरी सबै कुरा टुङ्गो लगाइएको छ । अब सम्झौतापत्रमा हस्ताक्षर गर्न मात्र बाँकी छ । अक्टोबरमा दुई देशका सरकारबीच हस्ताक्षर हुने सचिव आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, भारतसँग जीटुजीमार्फत मल ल्याउने भनी विगत तीन वर्षदेखि प्रयास भइरहेको थियो, त्यो प्रयास बल्ल सफल भएको छ । अब हस्ताक्षर गर्न मात्र बाँकी छ । सम्भवतः अक्टोबरमा हस्ताक्षर भइसक्छ । नेपालमा खपत हुने सम्पूर्ण रासायनिक मलको ३० प्रतिशत भारतबाट जीटुजीमार्फत खरिद गर्ने बाँकी बोलपत्र आह्वान गरेर खरिद गर्ने उहाँले बताउनुभयो । कृषि मन्त्रालयले यस चालू आर्थिक वर्षमा पाँच लाख मेट्रिक टन मल खरिद गर्ने तयारी गरेको छ । त्यसका आधारमा भारतबाट डेढ लाख मेट्रिक टन मल खरिद हुने जनाइएको छ।

बंगलादेशबाट मल ल्याउने मन्त्रिपरिषद्काे निर्णय, भाेलिबाट प्रक्रिया शुरू

बंगलादेशले नेपाललाई युरिया मल  दिन तयार भएपछि सरकारले त्यो ल्याउन प्रकृया शुरु गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले बंगलादेशबाट युरिया मल ल्याउने आधिकारीक निर्णय गरेको कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुषालले बताउनुभयो । नेपालमा युरिया मलको अभाव भएपछि सरकारले बंगलादेशसँग ५० हजार मेट्रिक टन मल पैंचाे माग गरेको थियो । सरकारल माग गरे अनुसार बंगलादेशले सो मल दिन तयार भएपछि आज सरकारले सो निर्णय गरेको हो । सरकारले निर्णय गरेसँगै भोलिदेखि टेण्डर आह्वान गरेर मल ल्याउने प्रकृयामा जाने मन्त्रालयले जनाएको छ । बंगलादेशले दिएको ५० हजार टन मल नेपालले आठ महिनाभित्र फिर्ता गर्नुपर्छ मन्त्रीपरिषद्को निर्णय आइसकेपछि मल ढुवानीका लागि सातको दिनको म्याद दिइ बोलपत्र आह्वान गरिनेछ ।