वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ - मन्त्री आले

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी २०७९ साल वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताउनुभएको छ ।आज शनिबार विमानस्थलको अनुगमन तथा निरीक्षणका लागि भैरहवा पुग्नु भएका मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई सहज हुने बताउनुभयो ।उहाँले भन्नुभयो, “हामी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने तयारीमा छौँ, अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँ...

सम्बन्धित सामग्री

भैरहवाबाट नयाँ वर्षदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ : मन्त्री आले

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ वर्षदेखि व्यावसायिक उडान भर्ने पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बताएका छन् । उनले भर्खरै निर्माण सम्पन्न भएको भैरहवा विमानस्थलबाट वैशाखदेखि व्यावसायिकरूपमै अन्तर्राष्ट्रिय उडान भर्ने बताए ।विमानस्थलको निरीक्षण गर्न भैरहवा पुगेका मन्त्री आलेले पत्रकारसँगको अन्तरक्रियात्मक कार्यक्रममा भने, ‘हामी यस विमानस्थलबाट चाँडै अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारीमा छौँ । सम्भवतः त्यो वैशाख १ गतेदेखि सुरु हुन्छ ।’उनले भैरहवा अ