बलिउड गायिका लता मंगेशकरको स्वास्थ्यमा सुधार देखिएको छ । ८ जनवरी सन् २०२२ मा कोरोना संक्रमित भेटिएपछि लता मंगेशकरलाई मुम्बई अस्पतालमा भर्ना गरियो । लताको स्वास्थ्यको विषयमा परिवारको तर्फबाट नयाँ वक्तव्य जारी गरिएको छ । परिवारको तर्फबाट आयो वक्तव्यःलता मंगेशकरको परिवारले वक्तव्य जारी गर्दै भनेको छ, ‘लता जीको स्वास्थ्यमा सुधार देखिएको छ तर उहाँ अहिले पनि आइसीयूमा हुनुहुन्छ । डाक्टर प्रतित समदानीको समूहको रेखदेखमा उहाँको उपचार चलिरहेको छ । उनको स्वास्थ्यबारे दैनिक अपडेट दिन सम्भव छ