सामाजिक उद्यमी महिला सञ्जाल नेपालको कार्यशाला गोष्ठी

चितवन। सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल)को रणनीतिक योजना निर्माणसम्बन्धी कार्यशाला गोष्ठी आइतवारदेखि चितवनमा शुरू भएको छ । यसअघि सम्पन्न कार्यशाला गोष्ठीले तयार पारेकोे रणनीतिक योजनालाई अन्तिम रूप दिन तीनदिने गोष्ठी आयोजना गरिएको बताइएको छ । गोष्ठीले पाँचवर्षे रणनीतिक योजना तथा दशवर्षे परिकल्पना तयार गर्ने सेवा नेपालकी अध्यक्ष पार्वती न्यौपानेले जानकारी दिइन् ।  गोष्ठीमा सामाजिक उद्यमी महिला सहकारीको विकासका लागि सञ्चालन गरिने क्रियाकलाप समावेश गरी रणनीतिक योजना तयार गरिनेछ । कार्यक्रममा सेवा नेपालका पदाधिकारी, प्रदेश स्तरका सञ्जालका संयोजक, हेफरका क्लष्टर प्रमुखहरूसहित ४० जनाको सहभागिता रहेको छ । सेवा नेपालमा ६ प्रदेशका १९६ ओटा सामाजिक उद्यमी महिला सहकारी संस्था आबद्ध रहेको बताइएको छ ।